काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट महत्वकांक्षी नभएको दाबी गरेका छन् ।
आर्थिक वर्ष २०८३–८४ को बजेटका सन्दर्भमा आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री वाग्लेले बजारमा २५ खर्बको बजेट आउँछ भन्ने व्यापक हल्ला भएपनि अन्तिममा २१ खर्बको हाराहारीमा बजेट आएको बताउँदै धरैले बजेट ठूलो र महत्वकांक्षी आयो भने पनि बजेट त्यस्तो महत्वकांक्षी नभएको बताए । जिडीपीको सापेक्षतामा सानो आकारको बजेट ल्याएको उनले बताए ।
उनले अर्को वर्षदेखि ऋण नेटमा हिसाब गर्नेबारे गभर्नरसँग पनि छलफल गरिरहेको उनले जानकारी दिए । यो साल वैदेशिक ऋण ७२ अर्ब तिरिने उनले बताए । ऋण ६५७ अर्ब लिएको र तिरेको रकम ३१८ अर्ब रहेको अर्थमन्त्रीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस