२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नेपाल उद्योग वाणिज्य महासंघमा को-को भए मनोनीत ?

मंगलवार , आषाढ ९, २०८३

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सल्लाहकारसहित परिषद्हरू र विभिन्न समितिका सभापतिहरू मनोनीत गरेको छ।

सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानलाई सल्लाहकार समितिको सभापतिमा र पूर्व अध्यक्ष कुशकुमार जोशीलाई विज्ञता परिषद्को सभापतीमा मनोनित गरेको हो।

यस्तै उद्योग वाणिज्य परिषद् सभापतिमा महासंघका जिल्लानगर क्षेत्रका उपाध्यक्ष कृष्णप्रसाद शर्मा र सहसभापतिमा जिल्लानगर क्षेत्रकै उपाध्यक्ष दिलसुन्दर श्रेष्ठ मनोनीत भएका छन्।

यसैगरी वस्तुगत परिषद् सभापतिमा वस्तुगत संघ समूहका उपाध्यक्ष नरेशलाल श्रेष्ठ, रोजगारदाता परिषद् सभापतिमा एशोसिएट सदस्य समूहका उपाध्यक्ष प्रबलजंग पाण्डे मनोनीत भएका छन्।

कृषि उद्यम केन्द्रको सभापतिमा शिवप्रसाद घिमिरे, कर तथा राजस्व समिति सभापतिमा अरनिको राजभण्डारी, उद्योग समिति सभापतिमा उज्ज्वल श्रेष्ठ, व्यापार समिति सभापतिमा नवीन रिजाल र महिला उद्यमी विकास समिति सभापतिमा सुनिता नेमाफुकी मनोनीत भएका छन्।

सूचना तथा सञ्चार प्रविधि विकास समितिको सभापतिमा सुनैना घिमिरे, स्थल यातायात तथा पारबहन समिति सभापतिमा लिलेन्द्रप्रसाद प्रधान, पर्यटन तथा हवाई यातायात समिति सभापतिमा संघर्ष बिष्ट, बैंक, वित्तीय तथा बीमा समिति सभापतिमा हेमन्त गोल्छा, निर्यात समिति सभापतिमा होम प्रसाद घिमिरे र व्यापार मेला समितिको सभापतिमा सविन श्रेष्ठ मनोनीत भएका छन्।

सहरी विकास समितिको सभापतिमा बिदुर धमला, स्वास्थ्य विज्ञान समिति सभापतिमा विप्लव अधिकारी, सीप विकास तथा रोजगार समितिको सभापतिमा नानीराज घिमिरे, स्टार्टअप एन्ड इनोभेशन समिति सभापतिमा सहारा जोशी, पूँजी बजार समिति सभापतिमा प्रियराज रेग्मी, सामाजिक सेवा समितिको सभापतिमा राजकुमार कार्की र उत्पादकत्व तथा गुणस्तर समितिको सभापतिमा रविन पुरी मनोनीत भएको महासंघले जनाएको छ।

महासंघ अध्यक्ष अन्जन श्रेष्ठले महासंघको विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यहरूलाई विभिन्न समितिहरूको सभापति मनोनयन गरेका हुन्।

अध्यक्ष श्रेष्ठले मनोनीत सभापतिहरूबाट महासंघको छवि तथा प्रतिष्ठालाई अझै बढी सशक्तरूपमा अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट