२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

माथिल्लो तहको निर्देशनपछि बदलियो योजना :  विष्णु पौडेललाई स्थलमार्गबाट काठमाडौं ल्याइदै

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल लाई प्रहरीले स्थलमार्गबाट काठमाडौं ल्याइरहेको छ।

सुरुमा उनलाई नेपालगन्ज हुँदै हवाईमार्गबाट काठमाडौं ल्याउने तयारी गरिएको थियो। पक्राउपछि उनलाई नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा राखेर मंगलबार बिहानको उडानमार्फत काठमाडौं ल्याउने योजना बनाइएको थियो। तर, सुर्खेतबाट नेपालगन्जतर्फ लैजाँदै गर्दा केन्द्रबाट आएको निर्देशनपछि उक्त योजना परिवर्तन गरिएको प्रहरी स्रोतले जनाएको छ।

स्रोतका अनुसार पौडेललाई अहिले जिल्ला प्रहरी कार्यालय सुर्खेतकै गाडीमा स्थलमार्ग हुँदै काठमाडौं ल्याइँदैछ। लामो दूरी, बाटोमा विश्राम तथा आवश्यक सुरक्षा व्यवस्थाका कारण उनी काठमाडौं आइपुग्न  केही समय लाग्नेबताइएको छ। 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा पक्राउ गरिएका पौडेललाई काठमाडौं ल्याइएपछि अनुसन्धान प्रक्रिया अघि बढाइनेछ। उनलाई म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराएर जिल्ला प्रहरी परिसर ललितपुरको हिरासतमा राख्ने तयारी गरिएको विभागनिकट स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट