२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

टेरामक्स खरिद प्रकरण : आज विशेष अदालतको सुनुवाइ

मंगलवार , आषाढ ९, २०८३

काठमाडौं  / लामो सयमदेखि विशेष अदालतमा रहेको चर्चिच टेरामक्स प्रविधि खरिदमा भएको भष्ट्रचार मुद्दाको आज सुनुवाई हुने भएको छ । विशेष अदालतमा यो मुद्दाको आज पेशी रहेको अदालतकी सूचना अधिकारी  पार्वती हितानले जानकारी दिइन ।

टेरामक्स भष्ट्रचारको आज अदालतमा पेशी छ भनेर सोधेको प्रश्नमा सूचना अधिकारी ले पेशीमा रहेको जानकारी दिइन ।
टेरामक्स खरिदमा भष्ट्रचार भएको ठहर गर्दै अख्तियारले नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतसहित लाई विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

 तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहनबहादुर बस्नेतले २०७४ असोज १७ गते  टेरामक्स खरिद प्रक्रिया अगाढी बढाउने निर्णय गरेका थिए । टेरामक्समा ३ अर्ब बढी भष्ट्रचार भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा पुर्व मन्त्री बस्नेत सहित १६ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

पुर्व मन्त्री बस्नेतसहित दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, पुरुषोत्तम खनालसमेतलाई मुद्दा दायर गरिएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट