२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राजनीति शक्ति प्रदर्शन गर्ने हतियार होइन, जनताको सेवा गर्ने औजार हो : मन्त्री तिमिल्सिना

मंगलवार , आषाढ ९, २०८३

चितवन । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताएका छन् ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका यहाँस्थित कार्यालयहरुको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले राजनीति कसैको शक्ति प्रदर्शन गर्ने हतियार नभएको बताए ।

उनले भने, “राजनीति जनताको सेवा गर्ने औजार हो । कसैको शक्ति प्रदर्शन गर्ने हतियार होइन ।”

सरकारले जिम्मेवारीपूर्वक जनताको भावनाअनुसार काम गर्ने बताए । जनतासँग गरेका वाचा पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको उनको कथन थियो । पदको दुरुपयोग भएमा जनताले कारबाही गर्ने बताउँदै उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने दोहोर्याए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट