२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले बाेलायाे वार्षिक साधारण सभा

बुधवार , आषाढ १०, २०८३

 अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सञ्चालक समितिको बैठकले छैटौँ वार्षिक साधारण सभा  आगामी असार ३० गते  गर्ने निर्णय गरेको छ ।

उक्त सभामा नियामक निकायको स्वीकृती प्राप्त भएको अवस्थामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्तापूँजीको शतप्रतिशत अनुपातमा हकप्रद सेयर निष्कासन गर्न स्वीकृत प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै अन्य कुनै ‘घ’ वर्गका वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन उपयुक्त देखिएमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीकाे सभामा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट