काठमाडौँ । पछिल्लो समय वाणिज्य बैंकहरुले हायर पर्चेज कर्जामा लगानी बढाउँदै गएका छन् । वाणिज्य बैंकहरूको यस्तो कर्जा प्रवाहमा तीव्र प्रतिस्पर्धा गरिरहेको वित्तिय विवरणले देखाएको छ ।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरूले हायर पर्चेज कर्जा शीर्षकमा साढे १ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् । गत आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंकहरुले यस्तो कर्जामा लगानी १ खर्ब १३ अर्ब ४ करोड ५४ लाख ५० हजार रुपैयाँ गरेका थिए ।
विवरण अनुसार चालु आर्थिक वर्षको वैशाख मसान्त सम्ममा सबैभन्दा बढी हायर पर्चेज कर्जा लगानी गर्नेमा ग्लोबल आईएमई बैंक अग्रस्थानमा देखिएको छ । त्यस्तै, गत वर्षको तुलनामा यस वर्ष सबैभन्दा बढी वृद्धिदर हासिल गर्नेमा एभरेष्ट बैंक अग्रस्थानमा छ ।
वैशाख मसान्तसम्ममा ग्लोबल आईएमई बैंकले १५ अर्ब ५१ करोड ६६ लाख रुपैयाँ हायर पर्चेज कर्जा प्रवाह गरेको छ । यद्यपि, यो लगानी गत वर्षको सोही अवधिको तुलनामा १ दशमलव २३ प्रतिशतले कम हो । गत वर्ष वैशाखमा बैंकको लगानी १५ अर्ब ७१ करोड रुपैयाँ थियो ।
त्यस्तै दोस्रो स्थानमा रहेको नबिल बैंकले आफ्नो लगानी १२ दशमलव १४ प्रतिशतले बढाउँदै १३ अर्ब ५ करोड २१ लाख रुपैयाँ पु¥याएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २१ दशमलव ७९ प्रतिशतको वृद्धिसहित ११ अर्ब १० करोड २४ लाख रुपैयाँ र चौथो स्थानमा रहेको एभरेष्ट बैंकले हायर पर्चेज कर्जा प्रवाह गरेका छन् ।
वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा यस वर्ष हायर पर्चेज कर्जा बढाउन एभरेष्ट बैंक सबैभन्दा आक्रामक देखिन्छ । गत वर्षको वैशाखसम्ममा ४ अर्ब ९५ करोड ९१ लाख रुपैयाँ मात्र लगानी गरेको यस बैंकले चालु वर्षको वैशाखसम्म ११२ दशमलव ५९ प्रतिशतको ठुलो वृद्धि हासिल गर्दै १० अर्ब ५४ करोड रुपैयाँ पु-याएको हो ।
समीक्षा अवधीमा एभरेष्टबाहेक कृषि विकास बैंक ५० दशमलव ६६ प्रतिशत , हिमालयन बैंक ४२ दशमलव २४ प्रतिशत र नेपाल एसबीआई बैंक ४० दशमलव ९१ प्रतिशत को हायर पर्चेज कर्जा वृद्धिदर गरेका छन् ।
केही बैंकहरूले भने हायर पर्चेज कर्जामा संकुचन आएको छ । समीक्षा अवधीमा सबैभन्दा बढी गिरावट स्ट्यान्डर्ड चार्टर्ड बैंकमा देखिएको छ, जसको लगानी ४२ दशमलव ३८ प्रतिशतले घटेर ९८ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ ।
यस्तै, एनआईसी एशिया बैंकको त्यस्तो कर्जा ३८ दशमलव ९४ प्रतिशतले घटेर १ अर्ब ५३ करोड ४९ लाख रुपैयाँमा झरेको छ भने कुमारी बैंकको पनि ३७ दशमलव १६ प्रतिशतले घटेर ३ अर्ब २१ करोड ३९ लाख रुपैयाँ कायम भएको छ । सरकारी स्वामित्वको नेपाल बैंकको लगानी पनि १९ दशमलव ५७ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
१० वाणिज्य बैंकहरूको हायर पर्चेज कर्जामा लगानीकाे अवस्था (रु. १० लाखमा)
| बैंकको नाम |
वैशाख २०८३ |
वैशाख २०८२ |
| ग्लोबल आईएमई बैंक |
१५,५१६.६२ |
१५,७१०.४३ |
| नबिल बैंक |
१३,०५२.१० |
११,६३९.०५ |
| राष्ट्रिय वाणिज्य बैंक |
११,१०२.४९ |
९,११६.१७ |
| एभरेष्ट बैंक |
१०,५४२.६२ |
४,९५९.१९ |
| हिमालयन बैंक |
९,१४१.३५ |
६,४२६.९३ |
| एनएमबी बैंक |
६,९००.२९ |
६,७००.८९ |
| सानिमा बैंक |
६,६५७.६३ |
६,७१३.५६ |
| प्रभु बैंक |
६,३८६.१३ |
५,८२७.४५ |
| कृषि विकास बैंक |
६,३२१.१७ |
४,१९५.५५ |
| इन्भेष्टमेन्ट मेगा बैंक |
५,९९६.५४ |
५,१६६.६४ |
प्रतिक्रिया दिनुहोस