२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यका लागि ३८४ उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

बुधवार , आषाढ १०, २०८३

चितवन  / चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका अनुसार प्रारम्भिक सूचीमा कुल ३८४ जना उम्मेदवार समावेश छन्। उम्मेदवारी फिर्ता लिने प्रक्रिया तथा दाबी–विरोध सम्बन्धी उजुरीहरूको टुंगो लागेपछि मात्रै अन्तिम नामावली प्रकाशित गरिने समितिले जनाएको छ ।

सार्वजनिक गरिएको सूचीमा पहिलो नम्बरमा केपी खनाल र अन्तिम नम्बरमा यमप्रसाद श्रेष्ठ रहेका छन्, उम्मेदवारहरूको नाम वर्णानुक्रम (अल्फाबेटिकल अर्डर) अनुसार राखिएकाले यस्तो क्रम देखिएको निर्वाचन समितिले स्पष्ट पारेको छ ।

रास्वपाको ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि मतदान हुने कार्यक्रम रहेको छ । 

 

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट