२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच विशेष छुट सम्बन्धी सम्झौता

मंगलवार , आषाढ १६, २०८३

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुलाई काठमाडौंको चावहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिवासमा रहेको ॐ समाज डेन्टल हस्पिटल प्रा.लि मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम ॐ समाज डेन्टल हस्पिटल प्रा.लि मा उपचार गर्दा नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा कार्यरत कर्मचारीहरुले विरामी दर्ता र चेक अपमा १०० प्रतिशत र अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कहरुमा १५ देखी २५ प्रतिशत सम्म छुट हुने भएकोे छ । 

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरे । 

यसबाट नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुले ॐ समाज डेन्टल हस्पिटल प्रा.लिले प्रदान गर्ने दन्त तथा मुखसँग सम्बन्धित उच्च स्तरीय उपचार सेवाबाट लाभान्वित हुन सक्नेछन् । नेपालको पहिलो बैंकको रुपमा परिचित नेपाल बैंक लिमिटेडले ग्राहक केन्द्रित सेवा विस्तार गर्दै आइरहेको छ ।

नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ५८ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैंकिङ सेवा पुर्याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । 

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई युवा जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसँगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट