२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुति पुरस्कार–२०२५ को स्वर्ण पुरस्कारबाट नेपाल लाइफ सम्मानित

‘‘इतिहास रच्दै, नयाँ उचाइतर्फ अग्रसर नेपाल लाइफ’’

मंगलवार , आषाढ १६, २०८३

काठमाडाैं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको गौरवमय अवसरमा 'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५' (National Best Presented Annual Report Award–2025) अन्तर्गत Gold Award प्राप्त गरी अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ। 

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा वि.सं. २०८३ साल असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यती मा आयोजित एक विशेष समारोहका बीच उक्त प्रतिष्ठित अवार्ड नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका हुन्।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो। 

यस अवार्डले नेपाल लाइफले वित्तीय जवाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसात गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्दछ।

यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले उक्त सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको उल्लेख गर्दै यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्ने थप जिम्मेवारी प्रदान गरेको बताए। 

उनले यस सफलताका लागि मार्गदर्शन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीप्रति विश्वास व्यक्त गरी आबद्ध हुने बीमित ग्राहकहरू, कम्पनीको सफलताका मेरुदण्डका रूपमा रहेका अभिकर्ताहरू, समर्पित कर्मचारीहरू, सम्माननीय शेयरधनीहरू, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरे।

चैत्र मसान्त २०८३ सम्मको तथ्याङ्कअनुसार कम्पनीले हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरी लाखौँ नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याएको छ। रु. २ खर्ब ६७ अर्बभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको कम्पनीले हालसम्म रु. १ खर्ब १३ अर्बभन्दा बढी दाबी भुक्तानी गरी आफ्ना बीमित तथा आश्रित परिवारप्रति आफ्नो प्रतिबद्धता व्यवहारमै प्रमाणित गरेको छ।

त्यसैगरी, कम्पनीले हालसम्म नेपाल सरकारलाई रु. १७ अर्बभन्दा बढी राजस्व तथा कर प्रदान गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। साथै, वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा इक्रा नेपालबाट 'डबल ए माइनस (AA-)' क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा समेत आफूलाई स्थापित गरेको छ। 

नेपालका ७७ वटै जिल्लामा फैलिएको १९७ वटा कार्यालय (केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालय, शाखा तथा उपशाखा), देशभर फैलिएको ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल, सुदृढ संस्थागत सुशासन, वित्तीय पारदर्शिता तथा ग्राहकप्रतिको उच्च प्रतिबद्धताका कारण नेपाल लाइफ नेपालीहरूको पहिलो रोजाइको जीवन बीमा कम्पनीका रूपमा आफ्नो नेतृत्वदायी स्थानलाई निरन्तर सुदृढ बनाउँदै आएको छ।

साथै, नेपाल लाइफले आगामी दिनहरूमा पनि "विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा" लाई आफ्नो मूल आधार बनाउँदै नेपाली नागरिकको आर्थिक सुरक्षा तथा समृद्ध भविष्य निर्माणमा निरन्तर समर्पित रहने प्रतिबद्धता जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट