२०८३, आषाढ १६ गते

मंगलवार, आषाढ १६ गते २०८३

बीपीए अवार्डमा कामना सेवा विकास बैंकको ह्याट्रिक, लगातार तेस्रो वर्ष उत्कृष्ट

मंगलवार , आषाढ १६, २०८३

१६ असार, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)द्वारा हरेक वर्ष प्रदान गरिने प्रतिष्ठित बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२५ अन्तर्गत कामना सेवा विकास बैंकले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड पाएको छ ।

योसँगै बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्न सफल भएको छ । बैंकले यसअघि २०२३ मा बीपीए सिल्भर अवार्ड, तथा २०२४ मा बीपीए गोल्ड अवार्ड पाइसकेको छ ।

वित्तीय विवरण लगातार रुपमा दक्षिण एसियामै विशिष्ट, सफा रहेकाले यो अवार्ड प्राप्त भएको बैंकले जनाएको छ । ‘बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि भएको छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकको वित्तीय विवरण लगातार रुपमा दक्षिण एसियामै विशिष्ट मानिने साफा अवार्डवाट समेत लगातार सम्मानित हुदै आएको छ । यससँगै बैंकले वित्तीय पारदर्शिता, सुशासन र गुणस्तरीय वित्तीय प्रतिवेदन प्रस्तुतिमा निरन्तर उत्कृष्टता कायम राख्दै आएको पुष्टि गरेको छ ।

उक्त अवार्ड बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिकरणलाई उच्च प्राथमिकताका साथ प्रस्तुत गरेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको बैंकको दाबी छ । बीपीए अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ ।

काठमाडौंमा आयोजित एक विशेष समारोहमा आईक्यानका अध्यक्ष निल वहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरे । बैंकको उत्कृष्ट प्रतिवेदन प्रस्तुति तथा वित्तीय पारदर्शिताप्रतिको प्रतिबद्धताको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले बैंकको संस्थागत सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासलाई थप पुष्टि गरेको बैंकले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्मानले बैंकको वित्तीय विवरण तथा वार्षिक प्रतिवेदनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासअनुरूप थप प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बैंकले जनाएको छ । बैंकले आगामी दिनमा पनि सरोकारवालाहरूलाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट