काठमाडौँ । न्याय परिषद्ले उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस गरेको छ ।
बिहिबार न्याय परिषद्ले उच्च अदालतका ५० र जिल्ला अदालतका १५७ जना न्यायाधीशको सरुवा सिफारिस गरेको हो ।
परिषद्को बैठकले न्यायाधीशहरूको सरुवासँगै विशेष अदालत, श्रम अदालत र राजस्व न्यायाधिकरणहरूमा अध्यक्ष तथा कानुन सदस्यहरू तोक्नका लागि समेत सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस