२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

जयकृष्ण गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेस प्रदेशका गृहमन्त्री लेखीको गुनासो

शुक्रवार , मंसिर १४, २०८१

मधेस प्रदेश । मधेस प्रदेशका गृह,सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै असुरक्षित भएको बताएका छन् ।

गृहमन्त्री लेखी स्वयं असुरक्षित रहेको विषयको पुष्टी गृह, सञ्चार तथा कानून मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उनले आफैँ पुष्टी गरेका हुन् । मन्त्री लेखीले आफूलाई आर्थिक सहायताको नाममा जयकृष्ण गोइतले धम्की दिएको बताए ।

आफूलाई केही दिन अगाडी आर्थिक सहयोगका लागि गोइतले फोन गरी धम्की दिएको मन्त्री लेखीले बताए ।

उनले भने, ‘जयकृष्ण गोइतको नाम सुन्नुभएको होला केही वर्ष अगाडीसम्म जनतान्त्रिक तराई मुक्ति मोर्चाको हिंसा गर्थे उनले नै मलाई आर्थिक सहयोगको नाममा धम्की दिए । गोइतले मलाई तपाईं मन्त्री हुनुहुन्छ श्रोत साधन छ, आर्थिक सहयोग गर्नुस्, नभए कसरी दिनुहुन्छ मलाई थाहा छ भन्दै धम्की दिए ।’

आर्थिक सहयोग नगरे देखाइदिने भन्दै धम्की आएको मन्त्री लेखीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट