२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

पुर्व सभामुख महराले  लिए सक्रिय राजनीतिबाट विश्राम

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं / संसद सचिवालयमा कार्यरत कर्मचारी  रोशनी शाही लाई यौन दुव्र्यवहार, सुन काण्ड लगायतका घटनामा विवादमा आएका पुर्व सभामुख समेत रहेका नेकपा नेता कृष्णबहादुर महराले  सक्रिय राजनीतिबाट विश्राम लिएका छन् ।

लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महराले स्वास्थ्य अवस्थाका कारण पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् ।

बिहीबार सार्वजनिक वक्तव्यमार्फत महराले आजकै मितिदेखि पार्टीका सक्रिय जिम्मेवारीहरूबाट अलग भई साधारण सदस्यका रूपमा मात्र रहने जानकारी दिएका छन् । उनले यो निर्णय व्यक्तिगत असन्तुष्टि, नेतृत्वसँगको मतभेद वा वैचारिक विचलनका कारण नभई स्वास्थ्य समस्याले सिर्जना गरेको परिस्थितिका कारण लिनुपरेको स्पष्ट पारेका छन् ।

krishna-mahara-1_D5oBoHfX1O.jpg

 विज्ञप्तिमा महराले भनेका छन्– ‘निकै गह्रौँ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु ’ 

उनले पार्टी र आन्दोलनप्रति आफ्नो प्रतिबद्धता यथावत् रहेको जनाउँदै सक्रिय जिम्मेवारीबाट पछि हटे पनि संगठनप्रतिको निष्ठा कायम रहने बताएका छन्। स्वास्थ्यका कारण निरन्तर राजनीतिक सक्रियता सम्भव नभएको निष्कर्षमा पुगेपछि यस्तो निर्णय लिनुपरेको उनको भनाइ छ।

माओवादी आन्दोलनका प्रमुख नेतामध्ये एक रहेका महरा शान्ति प्रक्रियापछि संसदीय राजनीतिमा प्रभावशाली भूमिकामा देखिएका थिए। उनी सूचना तथा सञ्चारमन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्रीलगायत विभिन्न जिम्मेवारीमा रहिसकेका छन् । महरा २०७५ सालमा प्रतिनिधिसभाको सभामुख बनेका  थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट