२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

चितवन हात्ती तथा पर्यटन महोत्सव : पेनाल्टी सुटआउटमा वसन्तीकलीले सेल्फीकलीलाई हरायो

बिहिवार , पौष ११, २०८१

राजेन्द्र आचार्य, चितवन । पर्यटकीय सौराहामा आजदेखि सुरु भएको १८ औं संस्करणको हात्ती तथा पर्यटन महोत्सवअन्तर्गत आज भएको हात्तीहरुको पेनाल्टी सुटआउटमा वसन्तीकली हात्ती समूह विजयी भएको छ ।

यो समूहले सेल्फीकली हात्ती समूहलाई पेनाल्टी सुटआउटमा १–० ले हराएको हात्ती व्यवस्थापन समितिका संयोजक ऋषि तिवारीले जानकारी दिए । प्रत्येक समूहमा ४–४ वटा हात्ती रहेका थिए ।

No description available.

जसमा वसन्तीकलीले मात्र १ गोल गर्न सफल भइन् । उक्त गोलले नै टोली विजयी भयो । उपप्रधानमन्त्री समेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले महोत्सवको उद्घाटन गरेका थिए ।

क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीसँग सम्बन्धित विभिन्न गतिविधि गरेर महोत्सव गर्दै आएको छ ।

पुस १६ गतेसम्म हुने महोत्सवमा हात्तीको श्रृंगार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी, हात्तीको म्यूजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिका स्तरीय डुंगादौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावनाको विषयमा अन्तक्रिया हुने संयोजक रामकुमार अर्यालले बताए ।

No description available.

सरकारी र निजी गरी ८० वटा हात्तीलाई महोत्सवमा सहभागी रहेको क्षेत्रीय होटल संघका सचिव महेश खनालले जानकारी गराए । यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड र रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल महोत्सवका सह–आयोजक रहेको महोत्सवकै कारण सौराहामा वार्षिक तीन लाख ५० हजार पर्यटक आउने अनुमान छ ।

संघका उपाध्यक्ष ओम पाण्डेले राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति, महिला उद्यमी र स्थानीय कृषि विशेषमा मह उत्पादनको प्रदर्शनी पनि विशेष आकर्षण रहेको जानकारी दिए ।

महोत्सवमा शुक्रबार हात्ती फुटबल र दौडलगायतका कार्यक्रम हुनेछ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट