२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

फेयरफिल्ड बाइ म्यारियटको म्यानेजरमा रक्षित सिंह नियुक्त

शुक्रवार , आषाढ ५, २०८३

 फेयरफिल्ड बाइ म्यारियट काठमाडौं ठमेलले आफ्नो नयाँ होटेल म्यानेजरका रूपमा रक्षित सिंह जंगवानलाई नियुक्त गरेको छ ।

म्यारियट इन्टरनेसनलको नेपालस्थित पहिलो होटलका रूपमा परिचित फेयरफिल्ड बाइ म्यारियट काठमाडौं ठमेलले उनको नेतृत्वमा होटलले सेवा र व्यवस्थापनका क्षेत्रमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ ।

आतिथ्य उद्योगमा लामो अनुभव र नेतृत्व क्षमताका लागि परिचित जंगवानसँग होटल व्यवस्थापन, सञ्चालन तथा ग्राहक सेवा क्षेत्रमा अनुभव छ । उनको रणनीतिक सोच, व्यवस्थापकीय दक्षता तथा उत्कृष्टताप्रतिको प्रतिबद्धताले होटलको समग्र कार्यसम्पादनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

होटलका अनुसार जंगवानको नेतृत्वमा अतिथि सन्तुष्टि अभिवृद्धि, कर्मचारी संलग्नता सुदृढीकरण तथा सञ्चालन उत्कृष्टतामार्फत संस्थालाई नयाँ सफलताको चरणमा पुर्‍याउने लक्ष्य लिइएको छ । उनको अनुभव र नेतृत्वले होटलको सेवा गुणस्तरलाई अझ उचाइमा पुर्‍याउँदै अन्तर्राष्ट्रिय आतिथ्य मापदण्डलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट