२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सकियो चितवन हात्ती तथा पर्यटन महोत्सव, ३५ हजार बढीले गरे अवलोकन

मंगलवार , पौष १६, २०८१

चितवन । चितवन पर्यटकीय नगरी सौराहामा जारी १८ औँ संस्करणको चितवन हात्ती तथा पर्यटन महोत्सव सकिएको छ । महोत्सवको समापन कार्यक्रममा सासंद हरि ढकालले सौराहको पर्यटन क्षेत्रको समस्या समाधान गर्न आफू जहिले पनि कटिबद्ध रहेको बताए ।

कार्यक्रममा क्षेत्रिय होटल संघका पूर्व अध्यक्ष हरिभक्त घिमिरे महोत्सवको वेलाान मात्र हात्ती बारे चिन्ता गर्नु दुखद भएको बताउदैं हात्तीलाई निकुञ्जको घाँस खुवाउन पहल गर्न आग्रह गरे ।

महोत्सवका संयोजक रामकुमार अर्यालले हात्ती महोत्सवले पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए ।

पुष ११ गतेदेखी ५ गतेसम्म आयोजित महोत्सवको आन्तरिकसँगै बाह्य पर्यटक गरि ३५ हजार बढी पर्यटक सौराहामा भित्रिएको क्षेत्रिय होटल संघका अध्यक्ष गंगा गिरीले जानकारी दिए ।

विविध जातजाति र संस्कृतिले धनी सौराहामा वर्षेनी हजारौँको संख्यामा आन्तरिक तथा विदेशी पर्यटकहरु आउने गर्दछन् ।

विश्वकै चर्चित चितवन राष्ट्रिय निकुञ्जमा बाघ, हात्ती र अन्य जंगली जनावर अवलोकनका लागी विशेष गरी पर्यटकहरु सौराहा आउने गर्छन् । आन्तरिक तथा विदेशी पर्यटन प्रवद्धन गर्ने उद्देश्य सहित सौराहाका होटल व्यवसायीहरुले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।

यस्ता महोत्सवको आयोजनाले हरेक वर्ष चितवनमा ४० प्रतिशत पर्यटकहरुको आगमनमा वृद्धि हुने गरेको महासचिव गुणराज थपलियाले बताए । सौराहामा दुई दशकअघिदेखि महोत्सव आयोजना हुँदै आएको छ ।

हात्ती महोत्सवअन्तर्गत हात्तीको श्रृङ्गार, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीहरुसँग विटुवि गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयकमा अन्तक्र्रिया कार्यक्रम आउोजना भएको थियो ।

महोत्सवको विभिन्न गतिविधिमा सरकारी र निजी गरी करिब ८० वटा हात्ती सहभागी भएका थिए ।

रत्ननगर नगरपालिका संरक्षक रहेको हात्ती महोत्सवको सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लि र रेस्टुरेन्ट एण्ड बार एसोसिएसन नेपालको सह–आयोजनामा महोत्सव गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट