२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

सुनौलो नेपालको आयोजनामा ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ कार्यक्रम [लाईभ]

शुक्रवार , पौष २६, २०८१

काठमाडौं । सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा प्यानल डिस्कसन कार्यक्रम पोखरामा सुरु भएको छ । सुनौलो नेपाल अनलाइन प्रालिले त्यहाँको सम्भावना खोजी र भावी योजना लगायत विषयमा केन्द्रित रहेर आज शुक्रबार डिस्कसन कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम पोखराको माउन्ट कैलाश रिसोर्टमा सुरु भएको छ ।

कार्यक्रममा तीन सत्र आयोजना हुनेछ । पहिलो सत्रमा ‘गण्डकी, पर्यटन र राष्ट्रिय अर्थतन्त्र’ को सम्भावना खोजीमा केन्द्रित हुनेछ । जसमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठ, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशी मुख्य वक्ता रहेका छन् । पहिलो सत्रमा नेपाल वायुसेवा निगमका पूर्व महाप्रवन्धक डिमप्रकाश पौडेलले सहजकर्ताको भूमिका निर्वाह गरिरहेका छन् ।

दोस्रो सत्रमा ‘पर्यटन र पोखरा विमानस्थल’को विषयमा केन्द्रित रहेर छलफल अघि बढ्नेछ । यसमा वक्त्ताहरु संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल रहेका छन् । सहजकर्तामा नबिल बैंकका सिनियर डिसीईओ मनोज ज्ञवाली छन् ।

यसैगरी तेस्रो सत्रमा ‘पोखरामा पर्यटनका थप सम्भावना’बारे छलफल हुनेछ । तेस्रो सत्रमा गण्डकी प्रदेशका साामजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र पर्यटन व्यवसायी पोम नारायाण श्रेष्ठबीच छलफल हुने छ । यस सत्रमा सञ्चारकर्मी सुमन ढुंगानाले सहजकर्ताको भूमिका निर्वाह गर्नेछन् ।

कार्यक्रममा गण्डकीका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले ‘गण्डकीमा स्वास्थ्य पर्यटनको सम्भावना’ बारे धारणा राख्ने छन् । त्यसैगरी नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्दिशक प्रदिप अधिकारीले ‘पोखरा विमानस्थल परिकल्पनादेखि सञ्चलानसम्म’ को अवस्थामा आउँदा भएका आरोहअवरोहका बारेमा जानकारी दिने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट