२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

टिप्परको ठक्करबाट एकको मृत्यु

आइतवार , माघ १३, २०८१

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बेनीबाट सिङ्गा तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले शनिबार साँझ सिङ्गा तातोपानीबाट बेनी आउँदै गरेको ध ७ प ४००५ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मोटरसाइकलका चालक मङ्गला गाउँपालिका–३ बरङजाका ४६ वर्षीय थमबहादुर रोकाको मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको र पछाडि बसेका बेनी नगरपालिका–७ मङ्गलाघाटका ४५ वर्षीय प्रेम शाहीको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको प्रहरी निरीक्षक सागर पौडेलले बताए ।

गम्भीर घाइते भएका रोका र शाहीलाई प्रादेशिक अस्पताल बेनीमा सामान्य उपचार पश्चात थप उपचारका लागि शनिबार रातिनै पोखरा पुर्याइएको थियो ।

टिपरका चालक बेनी नगरपालिका–५ पुलाचौरका ३८ वर्षीय खिमे दर्जी जिल्ला प्रहरी कार्यालय म्याग्दीको नियन्त्रणमा रहेको र उक्त दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट