२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बर्ड फ्लु संक्रमणका कारण सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

शुक्रवार , आषाढ ५, २०८३

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित चिडियाखाना प्रशासनले एक सूचना जारी गर्दै आम सर्वसाधारण एवं दर्शकहरूको स्वास्थ्य र सुरक्षालाई मध्यनजर गरी आजदेखि नै लागू हुने गरी सम्पूर्ण गतिविधिहरू बन्द गरेकाे हो।

चिडियाखानाका अनुसार परिसरभित्र संक्रमण थप फैलिन नदिन र आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न अर्को सूचना प्रकाशित नभएसम्मका लागि चिडियाखाना पूर्ण रूपमा बन्द रहनेछ।

गत चैत महिनामा कोशी प्रदेशमा पहिलो पटक देखिएको बर्ड फ्लुको संक्रमण हालसम्म देशका १० जिल्लामा फैलिसकेको छ।

संक्रमण नियन्त्रण तथा आवश्यक जैविक सुरक्षा उपायहरू अपनाउने क्रममा चिडियाखाना  बन्द हुनेछ ।

चडियाखाना.JPG
undefined

  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट