२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

मधेसको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक सबै समुदायको सम्मान हुनेगरी ल्याउँछौँ : मुख्यमन्त्री सिंह

बिहिवार , फाल्गुण १, २०८१

मधेस प्रदेश । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारको कामकाजको भाषासम्बन्धी विधेयक सबै समुदायको सम्मान हुनेगरी ल्याइने बताएका छन् ।

बिहीबार मुख्यमन्त्री सिंहले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना तथा नेपाल आदिवासी जनजाति महासङ्घ र थारु कल्याणकारी सभाको सह–आयोजनामा जनकपुरधाममा आयोजित परामर्श गोष्ठीमा बोल्दै सो कुरा उल्लेख गरेका हुन् ।

उनकाअनुसार अघिल्लो विधेयकमा त्रुटी देखिएकाले प्रदेश सरकारले फिर्ता लिएको थियो । अब आउने नयाँ विधेयकमा थारु भाषासहित अन्य छुटेका भाषाहरूलाई समावेश गर्दै पुनः प्रदेश सभामा पेश गरिने उनले बताए ।

मुख्यमन्त्री सिंहले आईटी क्षेत्रको विकासका लागि हिन्दी भाषा राख्नुपर्ने आवश्यकता रहेको बताए । उनकाअनुसार आईटी क्षेत्रमा भारतका लगानीकर्ताको प्रमुख भुमिका भएकाले सम्पर्क भाषाका रूपमा हिन्दीलाई सरकारी कामकाजको भाषामा समेट्नुपर्ने बाध्यता छ ।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले थारु भाषासहित अन्य स्थानीय भाषाहरूलाई सरकारी कामकाजको भाषाका रूपमा समेट्नुपर्ने विषयमा निरन्तर आवाज उठाउँदै आएको बताए ।

उनले प्रदेश सरकारबाट प्रस्तुत गरिएको अघिल्लो विधेयक त्रुटिपूर्ण रहेको भन्दै आफू मन्त्री भएपनि त्यसको विरोध गर्दै आएको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट