२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

जनकपुरको जग्गा लुट्नेको नाम सार्वजनिक गर्ने सांसद झाको चेतावनी

सोमवार , फाल्गुण ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले जनकपुरको जग्गा लुट्नेको नाम सार्वजनिक गर्ने चेतावनी दिएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले पुराना दलका नेता, त्यहाँका स्थानीय जनप्रतिनिधि, ठेकेदार, दलालहरूले जनकपुरको जग्गा जुटेको आरोप लगाए । १४ सय बिघा जग्गा दिएर जनकपुर पुनर्निर्माण गर्न भनिए पनि अहिले २ सय बिघा मात्रै बाँकी रहेको उनले बताए ।

अहिलेसम्म त्यहाँको १२ सय बिघा जग्गा लुटिसकेको उनले बताए ।

उनले यसबारे पटक पटक संसदमा आवाज उठाउँदा पनि सुनुवाइ नभएको भन्दै सरकारलाई ध्यानाकर्षण गराए ।

साथै, उनले आगामी बैठकमा कुन कुन नेताले कति कति जग्गा लिएका छन् भन्ने लिएर आउने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट