२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रातभर लेदो हटाएपछि अवरुद्ध बीपी राजमार्ग आज बिहानबाट सञ्चालनमा

सोमवार , आषाढ ३०, २०८२

काभ्रेपलाञ्चोक । बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडाको सिमाना कालढुंगामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

आइतबार साँझ आएको लेदो रातभर हटाएर बिहानैबाट सडक दुईतर्फी रुपमा सञ्चालनमा ल्याएको हो ।

बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक–पटक सडक अवरुद्ध हुँदै आएको थियो । गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट