नेकपा एमालेको संसदीय दलको बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ । केही बेर अघिबाट बसिरहेकाे बैठकमा संसद्मा पार्टीको आगामी भूमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर छलफल भइरहेकाे छ ।
विशेषगरी, पार्टीका उपाध्यक्ष विष्णु पौडेलसँग जोडिएको पछिल्लो घटनाक्रमका सम्बन्धमा समेत बैठकमा आवश्यक समीक्षा रणनीतिका बारेमा समेत कुराकानी भइरहेकाे छ ।
संसदीय दलको बैठकपश्चात आजै साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुण्डु निवासमा सचिवालय बैठकसमेत आह्वान गरिएको छ ।
सम्पति शुद्दिकरणकाे अनुसन्धानका लागि हिजाे पार्टी उपाध्यक्ष पौडेल पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस