२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सामसङ नेपालले ल्यायो ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप ७ को प्रि–अर्डर अफर

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । सामसङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन्।

सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ गते सम्म खुला रहने घोषणा गरेको छ।

सामसङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड फोल्ड७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु समावेश छन्। ठुलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किंग, र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको छ।

नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन, र २०० मेगापिक्सेल एआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ।

नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठुलो स्क्रिनमा स्क्रीन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ। साथै क्यामेरा मार्फत कुनै पनि वस्तुलाई देखाएर न्याचुरल, संवादात्मक प्रश्न सोधी प्रयोगकर्ताले तुरुन्त जवाफ पाउनेछन्।

ग्यालेक्सी जेड फ्लिप७ अब झनै पातलो, टिकाउ, र पोर्टेबल बनेको छ। अबको फ्लेक्सविन्डो अझ ठुलो र प्रयोग गर्न सजिलो छ। यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ, र लामो ब्याट्री लाइफ उपलब्ध छन्।

जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ। साथै, क्रिएटिभ प्रयोगकर्ताहरूका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित भने, “ग्यालेक्सी जेड सिरिजले प्रविधिमा मात्रै होइन, मानिसहरूले स्मार्टफोन प्रयोग गर्ने तरिकामा पनि नवीनता ल्याएको छ। पावरफुल मल्टिटास्किङ, झनै इमर्सिभ डिस्प्ले र बलियो टिकाउपनका साथ यी फोल्डेबलहरूले प्रयोगकर्तालाई बढी गर्न, आफूलाई व्यक्त गर्न र मोबाइल अनुभवलाई अझ लचिलो बनाउन सहयोग गर्छन्। हामी नेपाली ग्राहकहरूले यसलाई कसरी अपनाउनुहुन्छ भन्ने कुरामा उत्साहित छौँ।”

ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को २५६जीबी भेरियन्टहरू नेपालमा साउन २२ देखि २९, २०८२ सम्म प्रि–अर्डरका लागि उपलब्ध हुनेछन्।

प्रि–अर्डर गर्ने तरिका :

- स्टेप १ः https://samsungcampaigns.com मा जानुहोस्।

- स्टेप २ः आफुलाई सहज हुने रितेलर छानी रु. ५,००० अग्रिम भुक्तानी गर्नुहोस्।

- स्टेप ३ः ओटिपी प्राप्त गर्नुहोस्।

- स्टेप ४ः आफुले छानेको स्टोरमा गई ओटिपी देखाएर नयाँ ग्यालेक्सी जेड फोल्ड७ वा ग्यालेक्सी जेड फ्लिप७ प्राप्त गर्नुहोस्।

प्रि–अर्डर अफरहरू :

सामसङले ग्राहकलाई १ वर्षको लागि एनएलजी इन्स्योरेन्स कम्पनीलिमिटेड मार्फत एकपटक स्क्रिन ब्रेकेज इन्स्योरेन्स पनि दिनेछ। साथै, हुलास फिनसर्भ हाईर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्सको माध्यमबाट, ग्राहकहरूले ०% ब्याजमा सहज किस्ताबन्दी सुविधा पनि पाउनेछन्। प्रक्रिया सरल छ, केवल नागरिकता भए पुग्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ