२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

बिहिवार , भाद्र ५, २०८२

गोरखा । उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–६ धुम्चेका करिब ४३ वर्षका रिञ्जिन लामा र सिप्चेतका करिब ४२ वर्षका हिसेदोर्जे लामाको भीरबाट खसेर मृत्यु भएको हो ।

चुम्लिङ र सिप्चेतको बीचमा पर्ने धादाङकोक भन्ने ठाउँको भीरबाट करिब एक सय मिटर तल स्यारखोलामा खसेर उहाँहरुको मृत्यु भएको मृतकका आफन्त नुर्बु दोर्जेले बताए । “आइतबार चुम्लिङमा विद्युत् समितिको बैठक भएको थियो, बैठकबाट फर्कने क्रममा रिञ्जिन लामा हराउनुभएको थियो, उनको शव आज विहान गाउँलेले भेटेका थिए”, उनले भने ।

रिञ्जिनको शव हिसेदोर्जेले भेट्टयाएका थिए । उनको शव लिएर लिएर खोलातर्फ जाने क्रममा आज विहान ९ बजेतिर सोही ठाउँबाट खरेस हिसेदोर्जेको मृत्यु भएको हो ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट