२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र लगानी प्रवृद्धनमा सरकारले विशेष ध्यान दिएको छ : अर्थमन्त्री वाग्ले

मंगलवार , बैशाख २९, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवृद्धनमा सरकारले विशेष ध्यान दिएको बताएका छन् । 

सिंहदरवारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मन्त्री वाग्लले मुलुकका अर्थतन्त्रमा देखिएका समस्याहरु समाधान गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिमा र लगानी प्रवृद्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन् ।

केहि बर्षमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने भन्दै उनले अहिलेजस्तो सस्तोमा विदेशी ऋण उपलव्ध नहुने उल्लेख गरे । उनले परम्परागत कूटनीतिलाई आर्थिक कूटनीतिमा परिणत गर्दै संवैधानिक, कानुनी, आर्थिक लगाएत सम्पूर्ण कुराहरुलाई खुला गरेर बाह्य स्रोतलाई मूल प्रवाहिकरण गर्नुपर्ने धारणा राखे । आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको चूनौति रहेको भन्दै अर्थमन्त्री वाग्लले स्रोत जुटाएरै छाड्ने बताए ।

मन्त्री वाग्लेले बैंशाख ३१ गते संसदमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्ने तयारी भइरहेको समेत जानकारी दिए । त्यस्तै उनले १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार लाग्ने व्यवस्थालाई थप व्यावहारिक बनाइने बताए । तर सीमामा हुने अवैध कारोबार र तस्करी नियन्त्रणमा सरकार कठोर रहने उनले बताए । 

अर्थमन्त्री वाग्लेले सीमा निगरानी, राजस्व चुहावट नियन्त्रण तथा अवैध गतिविधि रोक्न प्रविधिमैत्री सुरक्षा प्रणाली विकास गरिने उल्लेख गरे । उनले बर्षौसम्म पुरा हुन नसकेका आयोजनाहरुको गाँठो फुकाउने काम वर्तमान सरकारले गरेकाले प्रयाप्त पूँजीगत खर्च नहुने भित्र असार मसान्तसम्ममा बदलिने आशा गरेको पनि बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ