२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इजरायलका लागि दुई वर्षदेखि प्रतीक्षामा बसेकाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन

मंगलवार , जेठ ५, २०८३

काठमाडौं । इजरायलमा रोजगारीका लागि विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई प्राथमिकता दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । 

प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेकाहरुलाई वेवास्ता गरि नयाँ भर्ना लिन खोजिएकोप्रति आपत्ति जनाउदै प्रक्रिया पूरा गरेका युवाहरुले मंगलबार काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले इजरायल रोजगारी खोल्दा नयाँ भर्ना भन्दा पनि पहिले नै सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा रहेका योग्य कामदारहरुलाई पहिलो प्राथमिकता दिनुपर्ने माग गरेका छन् ।

उनीहरुले के हामी योग्य होइन र सरकार?, हामी योग्य उम्मेदवारहरुलाई प्राथमिकता दे सरकार लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा उत्रिएका युवाहरुले आफुहरुको मागलाई गम्भीरतापूर्वक लिन सरकारसंग आग्रह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ