२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रतिनिधिसभा बैठक आज बस्दैः निर्वाचन र मतदाता नामावली संशोधन विधेयक पेश हुने

बुधवार , जेठ ६, २०८३

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ । बैठकमा निर्वाचन प्रणालीसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू पेश हुने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले “प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछिन् । त्यसपछि उक्त विधेयक सभामा पेश गरिनेछ ।

यस्तै, “मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३” प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पनि बैठकमा पेश हुनेछ । अनुमति प्राप्त भएपछि उक्त विधेयक सभामा टेबुल गरिने कार्यसूची रहेको छ ।

यसअघि मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो । छलफलका क्रममा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएका थिए ।

गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ