२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रामेछापको भटौली खोला पक्की पुल निर्माण अन्तिम चरणमा, जेठ मसान्तभित्रै सम्पन्न गरिने

शनिवार , जेठ १६, २०८३

रामेछाप । जिल्लाको मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ । एउटा मात्र स्पान रहेको यो पुल यही जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित कामले तीव्रता पाएको हो ।

बागमती प्रदेश सरकारको रु तीन करोड ३३ लाख ६५ हजारको लागतमा उक्त पुल निर्माण भइरहेको निर्माण व्यवसायी दीपक थापाले राससलाई जानकारी दिए । 

तीन वर्षअघिदेखि काम थालिएको उक्त पुलको पहिलेको डिजाइन परिवर्तन गर्नुपरेकाले निर्माणमा केही समय ढिला भएको जिल्ला पूर्वाधार कार्यालयका प्रमुख ज्यानेन्द्रप्रसाद पुनले जानकारी दिए ।

पुल सम्पन्न भएपछि माडीसहित आसपासका क्षेत्रमा उत्पादन हुने सागसब्जी तथा अन्य कृषि उपज जिल्ला सदरमुकाम र राजधानी काठमाडौँसम्म पुर्‍याउन सहज हुने उनले उल्लेख गरे । 

यसले नागरिकको आवागमन सहज हुनुका साथै उत्पादित कृषि उपजको बजारीकरण हुने खाँडादेवी गाउँपालिका–४ का स्थानीय खेमबहादुर खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ