२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

खाली कुर्सीबीच बजेट बहस : सांसद र मन्त्रीको न्यून उपस्थितिमाथि हर्क साम्पाङको व्यंग्य

सोमवार , आषाढ १, २०८३


 काठमाडौ /  प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल जारी रहे पनि सांसद र मन्त्रीहरूको उपस्थिति भने निकै न्यून देखिएको छ । बजेटजस्तो महत्वपूर्ण विषयमा बहस भइरहेका बेला सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका धेरै कुर्सीहरू खाली देखिएका छन् ।

सदनमा उपस्थित केही सांसदहरू पनि बहसभन्दा आपसी कुराकानीमै व्यस्त देखिएका थिए भने कतिपयले बजेटमाथिको छलफलमा खासै चासो नदिएको दृश्य देखिन्थ्यो। यही अवस्थाप्रति संकेत गर्दै सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले व्यंग्यात्मक शैलीमा ‘खाली कुर्सी ज्युहरू’ भनेर सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनले मन्त्रीहरूलाई लक्षित गर्दै, ‘मन्त्रीज्यूहरू उपस्थित नभए पनि मेरा कुरा सुनिदिनुहोस्,’ भन्दै कटाक्ष गरे। उनको अभिव्यक्तिले सदनमा देखिएको न्यून उपस्थितिप्रति असन्तुष्टि झल्काएको थियो।

फागुन २१ पछि बनेको वर्तमान सरकार गठन भएयता प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा कमै सहभागी हुने गरेका छन् । प्रधानमन्त्री मात्र होइन, अधिकांश मन्त्रीहरूको उपस्थिति पनि नियमित देखिँदैन । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रबि लामिछाने पनि सदनमा कम उपस्थित हुने नेतामध्ये पर्छन्।

कतिपय सांसदहरूको भनाइमा प्रधानमन्त्रीले संसद्लाई अपेक्षित महत्व नदिँदा सत्तापक्षकै सांसदहरूमा समेत बैठकप्रति उदासीनता बढ्दै गएको नेकपाका प्रमुख सचेतक युवराज दुलालको भनाई छ । सरकार प्रमुखको सक्रिय उपस्थितिले संसद्को गरिमा र सांसदहरूको सहभागितामा सकारात्मक प्रभाव पार्ने भए पनि अहिले त्यसको अभाव देखिएको दुलालले बताए ।

संसद् बैठकमा जनताका सरोकारका विषयमा गम्भीर छलफल हुने अपेक्षा गरिए पनि खाली कुर्सीहरूले भने फरक सन्देश दिइरहेको स्वयम सासंदहरुले नै स्वीकारेका छन् ।

हेर्नुहोस ससंदका केही दृष्यहरु

Screenshot 2026-06-15 141925.png
Screenshot 2026-06-15 142538.png

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट