२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकद्वारा गोरखाको सिउरेनीटार र जुम्लाको सिंजामा शाखा विस्तार

मंगलवार , आषाढ २, २०८३

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा शाखा कार्यालय सिउरेनीटार असार १ गतेदेखि सञ्चालनमा ल्याएको छ । 

त्यसैगरी बैंकले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको सिंजा गाउँपालिका वडा नं ३ नराकोटमा शाखा कार्यालय सिंजा गत जेठ २६ गते देखि सञ्चालनमा ल्याएको थियो ।

उपरोक्त शाखाहरु सञ्चालनमा आएसंगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या ३१६ पुगेको छ । 

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

बैंकले कर्जा, निक्षेपसहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट