२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

रास्वपाको पहिलो महाधिवेशन

महाधिवेशन स्थलमै मनिष झाको घोषणा : ‘महामन्त्रीका लागि तयार छु’

सोमवार , आषाढ ८, २०८३

काठमाडौं  / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू मानसिक रूपमा पनि महामन्त्रीको जिम्मेवारी वहन गर्न तयार रहेको र उम्मेदवारी दिने निर्णयमा पुगेको बताएका हुन्।

पार्टी सभापतिपछिको सबैभन्दा प्रभावशाली र कार्यकारी जिम्मेवारीका रूपमा हेरिने महामन्त्री पदमा आकांक्षीहरूको संख्या बढ्दो छ। यही कारण पार्टीभित्र महामन्त्री पदलाई लिएर विशेष चासो देखिएको छ।

पार्टीको संशोधित विधानअनुसार दुई जना महामन्त्री रहने व्यवस्था गरिएको छ। तीमध्ये एक जना महाधिवेशनबाट निर्वाचित हुने र अर्को एक जना सभापतिले मनोनयन गर्ने प्रावधान राखिएको छ।

हालका महामन्त्री कबिन्द्र बुर्लाकोटीसहित करिब एक दर्जन नेताहरू महामन्त्री पदका आकांक्षीका रूपमा देखिएका छन्। यसैबीच, पार्टीभित्र ‘बालेन समूह’ निकट मानिएका भुवदेव शाहाको नाम पनि महामन्त्रीका लागि चर्चामा छ। पार्टी स्रोतका अनुसार शाहालाई सभापतिबाट मनोनीत महामन्त्री बनाउने विषयमा यसअघि नै अनौपचारिक समझदारी भइसकेको दाबी गरिएको छ।

मनिष झाको उम्मेदवारी घोषणासँगै महामन्त्री पदको प्रतिस्पर्धा थप चर्किने संकेत देखिएको छ। महाधिवेशनको बन्दसत्र सुरु भएसँगै नेतृत्व चयनका विषयमा हुने छलफल र निर्वाचन प्रक्रिया अघि बढ्ने छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट