२०८३, आषाढ ८ गते

सोमवार, आषाढ ८ गते २०८३

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको स्थापना दिवसमा देशव्यापी बसपार्क सफाइ कार्यक्रम

सोमवार , आषाढ ८, २०८३

काठमाडौं । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले ४७ वर्ष पुरा गरेको छ । २०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा भूमिगत रुपमा स्थापना भएको यातायात श्रमिकहरुको देशकै पुरानो संगठन हो । 

स्थापना दिवसको अवसरमा सोमबार यातायात मजदुर तथा व्यवसायीहरुले संयुक्त रुपमा बसपार्क सरसफाइ गरेको छ । “हाम्रो बसपार्क, स्वच्छ बसपार्क” नाराका संगठनले गोंगवु स्थीत नयाँ बसपार्क सरसफाइ गरेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराए । 

WhatsApp Image 2026-06-22 at 2.33.58 PM (1).jpeg

संगठनको आह्वानमा भएको सरसफाइ कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौला, प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर, महासचिव डेकनाथ गौतम, उपमहासचिव देविन श्रेष्ठ, लोत्से बहुद्धेश्यीय प्रालिका अध्यक्ष दिपक कुँवर, महाप्रबन्धक पंकज मल्ल सरसफाइमा सहभागी भएका थिए । 

त्यस्तै, नेपाल यातायात मजदुर संघका वरिष्ठ उपाध्यक्ष सुमन लामा, अखिल नेपाल यातायात मजदुर संघका बसन्त रोका, ट्राफिक प्रहरी कार्यालय गोंगवुका प्रमुख प्रहरीनिरीक्षक राजेश सिलवाल लगायतले सरसफाइ कार्यक्रममा साथ दिएका थिए । 

WhatsApp Image 2026-06-22 at 2.33.58 PM.jpeg

नयाँ बसपार्कको २ नम्बर प्रवेशद्धारबाट सुरु भएको सरसफाइ शौचालय हुँदै दक्षिणतर्फबो पार्किङ क्षेत्र काउण्टर क्षेत्रहुँदै पेट्रोलपम्प हुँदै बसपार्कको मुख्य प्रवेशद्धारसम्म करिव २ घण्टा सरसफाइ गरिएको थियो । 

स्थापना दिवसलाई सप्ताहव्यापी रुपमा देशभरी एकसाथ मनाई रहेको संगठनका अध्यक्ष राईले जानकारी गराए । देशव्यापी संरचना रहेको संगठनले असार ९ गते संगठनको स्थापना दिवस लक्षित रक्तदान, बसपार्क सरसफाइ, हाजीरीजवाफप्रतियोगिता, आखाँ शिविर, बालश्रम तथा वृद्धाश्रममा राहत वितरण, अशक्त श्रमिकहरुलाई सहयोग, सडक सुरक्षा सचेतना कार्यक्रम लगायतका कार्यक्रमहरु आयोजना गरिएको राईले बताए ।

WhatsApp Image 2026-06-22 at 2.33.57 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट