काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सोमबार विभिन्न मिडिया हाउस अगाडी र केही अन्य क्षेत्रमा देखिएको सवारी पार्किङबारे शंकास्पद घटनाको छानबिन गर्न माग गरेकी छन् ।
थापाले सामाजिक सञ्जालमार्फत यस्तो माग गरेकी हुन् ।
उनले सवारी पार्किङ गरिएको शंकास्पद घटनाले मिडियाहरू प्रत्यक्ष प्रभावित बनेको र सञ्चारमाध्यमका मुख्य गेटमा सवारीसाधन पार्क गरेको घटनाले प्रश्न उठेको बताएकी छन् ।
मिडिया संस्थाहरू प्रत्यक्ष प्रभावित हुने स्थान नै किन रोजियो ? यी प्रश्नहरूको उत्तर अनुमान वा आशंकाबाट नभई निष्पक्ष र विश्वसनीय छानबिनबाट आउनुपर्ने उनले बताएकी छन् ।
यस्ता घटनाको छानबिनले राज्यका निकायहरूप्रतिको जनविश्वाससमेत सुदृढ बनाउने उनको भनाई छ ।
आधुनिक समाजमा स्वतन्त्र र निर्भीक सञ्चारमाध्यम लोकतन्त्रका महत्त्वपूर्ण आधारस्तम्भ भएको र यस घटनाको सत्यतथ्य पारदर्शी ढंगले सार्वजनिक हुनु आवश्यक रहेको उनले बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस