काठमाडौं । नायिका केकी अधिकारी ले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारप्रति कटाक्ष गर्दै प्रचारमुखी गतिविधिभन्दा रोजगारी सिर्जना र जनताले प्रत्यक्ष अनुभूति गर्ने उपलब्धिलाई प्राथमिकता दिन आग्रह गरेकी छन्।
सोमबार फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अधिकारीले हरेक दिन कति रोजगारी सिर्जना भयो, कतिले रोजगारी पाए र सरकारले जनजीविकामा कस्तो परिवर्तन ल्यायो भन्ने विवरण सार्वजनिक गर्नुपर्ने बताएकी छन्।
उनले आफ्नो स्ट्याटसमा लेखेकी छन्, "स्टन्टले देश बन्दैन!! हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो? कतिले रोजगारी पाए? अब जनताले सोध्ने दिन आए। खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौं बरु। त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला। जनताको निराशा पनि पक्कै हटेर जाला। यो सस्तो स्टन्टले देश बन्दैन!!"

प्रतिक्रिया दिनुहोस