२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न नेकपाको माग, सञ्चारगृह लक्षित घटनाको निष्पक्ष छानबिन गर्न आग्रह

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले देशका प्रमुख सञ्चारगृहहरूको मूल प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन छाडेर सञ्चार संस्थाको नियमित कामकाजमा अवरोध पुर्‍याउने तथा सञ्चारकर्मीलाई त्रसित बनाउने घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेपको रूपमा टिप्पणी गर्दै तत्काल यस्ता गतिविधि रोक्न माग गरेका छन्।

नेकपाले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हुने कुनै पनि हस्तक्षेप लोकतान्त्रिक व्यवस्थामाथिको प्रहार भएको उल्लेख गरेको छ। प्रेसलाई त्रास, दबाब वा भयको वातावरण सिर्जना गरेर सत्यलाई रोक्न खोज्ने प्रवृत्ति लोकतन्त्रविरोधी भएको पार्टीको ठहर छ।

विज्ञप्तिमा सुकुम्बासी, मिटरब्याज पीडित, सहकारी पीडित, बेरोजगारी, भ्रष्टाचार, कुशासन तथा जनजीविकाका विषयमा निरन्तर खबरदारी गर्ने सञ्चारमाध्यमलाई नै निशाना बनाउने प्रयास अत्यन्त गम्भीर भएको उल्लेख गरिएको छ। राज्य संयन्त्रका कमजोरी लुकाउन वा आलोचनात्मक आवाज कमजोर बनाउन प्रेसमाथि दबाब सिर्जना गर्ने प्रवृत्ति संविधान, लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत रहेको नेकपाको भनाइ छ।

नेकपाले राज्य कानुन, संविधान र विधिबाट सञ्चालन हुनुपर्ने उल्लेख गर्दै बहुमतका आधारमा संविधान मिच्ने अधिकार कसैलाई नभएको पनि जनाएको छ। लोकतन्त्र नागरिकको विश्वासमा टिक्ने भएकाले प्रेसमाथिको हस्तक्षेपले लोकतान्त्रिक प्रणालीलाई नै कमजोर बनाउने चेतावनी पार्टीले दिएको छ।

पार्टीले घटनाको निष्पक्ष, स्वतन्त्र र शीघ्र अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनी कारबाही गर्न तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

साथै, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै सञ्चारमाध्यमलाई निर्भय वातावरणमा समाचार सम्प्रेषण गर्न सक्ने अवस्था सुनिश्चित गर्न सरकारलाई आग्रह गर्दै संविधान, लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षामा सधैं दृढ रहने प्रतिबद्धता नेकपाले व्यक्त गरेको छ।

WhatsApp Image 2026-07-13 at 7.54.04 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट