२०८३, श्रावण २ गते

शनिवार, श्रावण २ गते २०८३

सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो 'सिद्धार्थ गोल्ड लोन' सुविधा

शुक्रवार , श्रावण १, २०८३

सिद्धार्थ बैंकले ग्राहकहरुको तत्कालको वित्तीय आवश्यकतालाई सहज र सर्वसुलभ सम्बोधन गर्ने उद्देश्यका साथ नयाँ कर्जा योजना 'सिद्धार्थ गोल्ड लोन' सार्वजनिक गरेको छ।

जस अन्तर्गत ग्राहकहरूले आफ्नो सुन तथा सुनका गरगहनाहरू धितो राखी बैंकबाट आवश्यक कर्जा रकम प्राप्त गर्न सक्नेछन्।

यस योजना अन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाख रूपैयाँसम्म कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् भने धितो सुनको मूल्यांकनका आधारमा अधिकतम ७५ प्रतिशतसम्म बैंकद्वारा कर्जा प्रवाह गरिने छ।

यस सुविधामार्फत ग्राहकहरूले आफ्नो व्यक्तिगत तथा व्यावसायिक आवश्यकता सहज रूपमा पूरा गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

ग्राहकहरुलाई छिटो, सुरक्षित तथा भरपर्दो वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यो सुविधा हालका लागि सिद्धार्थ बैंकको काठमाडौं स्थित न्यूरोड गेट शाखाबाट उपलब्ध छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट