२०८३, श्रावण ८ गते

शुक्रवार, श्रावण ८ गते २०८३

शाहीलको इभी क्रान्ति

बिहिवार , श्रावण ७, २०८३

काठमाडौं । काठमाडौं–पोखरा होस वा अन्य कुनै राजमार्ग । सडकखण्डमा यात्रा गर्दा अहिले एउटा दृश्य सामान्यजस्तै भइसकेको छ, राजमार्गका होटल अगाडि लाइनमा रोकिएका इलेक्ट्रिक भेहिकलहरू, चार्ज भइरहेका कारहरू, मोबाइलमा ब्याट्री प्रतिशत हेर्दै कफी पिइरहेका यात्रुहरू र सडकमा लगभग आवाजबिनै दौडिरहेका बीवाईडीका गाडीहरू । 

केही वर्षअघिसम्म नेपालमा यस्तो दृश्य कल्पनाभन्दा बाहिरको कुरा थियो । त्यतिबेला इलेक्ट्रिक गाडीलाई धेरैले सहरभित्र सीमित, कमजोर र प्रयोगात्मक प्रविधिका रूपमा हेर्थे । चार्जिङ स्टेशन थिएनन्, बजार तयार थिएन, नीति स्थिर थिएन र ग्राहकको विश्वास त झन् टाढाको कुरा थियो ।

 तर त्यही समय एउटा युवा इन्टर्न काठमाडौंको सानो अफिसमा बसेर चीनस्थित बीवाईडी मुख्यालयसँग लगातार समन्वय गरिरहेको थियो । उसलाई थाहा थियो, यो केवल एउटा गाडी कम्पनीको यात्रा होइन, नेपालमा नयाँ मोबिलिटी संस्कृतिको सुरुवात हो ।

ती  युवा हुन् साहिल श्रेष्ठ । आज उनी साइमेक्स इन्कका सीईओ छन्, नेपालका लागि बीवाईडीका आधिकारिक वितरक कम्पनीका प्रमुख । तर उनको यात्रा सीधा र सजिलो थिएन । त्यो विस्तारै बनेको कथा थियो, धैर्य, विश्वास, असफलता, प्रयोग र भविष्यप्रतिको अडिग भरोसाले बनेको कथा । 

SAHIL 4TH.jpg.jpeg

साहिल श्रेष्ठको बाल्यकाल बनेपामा बित्यो । उनले प्रि-स्कुलदेखि प्राथमिक तहसम्म बालनिकेतन विद्यालयमा अध्ययन गरे । त्यसपछि कक्षा ६ देखि एसएलसीसम्म काठमाडौं विश्वविद्यालय हाइस्कुलमा पढे । स्कुल पढ्दासम्म उनी आफैँलाई व्यवस्थापन र वित्ततर्फ जाने विद्यार्थीका रूपमा हेर्थे । “मेरो बुबा बैंकिङ क्षेत्रमा हुनुहुन्थ्यो, त्यसैले म चार्टर्ड अकाउन्टेन्ट बन्न चाहन्थेँ,” उनी सम्झन्छन् । त्यसपछि उनले नोबल कलेजबाट प्लस टु म्यानेजमेन्ट अध्ययन गरे । त्यतिबेला विदेश गएर अध्ययन गर्ने इच्छा पनि थियो। अमेरिका जाने योजना बनाएका थिए, तर विभिन्न कारणले त्यो सम्भव भएन । 

साहिल श्रेष्ठको बाल्यकाल बनेपामा बित्यो । उनले प्रि–स्कुलदेखि प्राथमिक तहसम्म बालनिकेतन विद्यालयमा अध्ययन गरे । त्यसपछि कक्षा ६ देखि एसएलसीसम्म काठमाडौं विश्वविद्यालय हाइस्कुलमा पढे । स्कुल पढ्दासम्म उनी आफैँलाई व्यवस्थापन र वित्ततर्फ जाने विद्यार्थीका रूपमा हेर्थे ।

अन्ततः उनले काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा बीबीए अध्ययन सुरु गरे । सन् २०१७ मा नेपालमा बीवाईडी भर्खरै प्रवेश गर्दै थियो । आजको जस्तो बजार, चर्चा र ब्रान्ड पावर त्यतिबेला थिएन । बीबीएको अनिवार्य इन्टर्नसिपका लागि उनले साइमेक्स रोजे । “त्यतिबेला पनि चीनमा बीवाईडीले आफ्नो पहिचान बनाइसकेको थियो, मलाई लाग्यो, यो भविष्यको प्रविधि हो”, उनले भने । 

त्यो समय कम्पनीमा जम्मा तीन–चार जना कर्मचारी थिए । एउटा फाइनान्स हेर्ने, एउटा जनरल म्यानेजर र दुई जना इन्जिनियरिङ युनिटमा । साहिलको जिम्मेवारी मुख्यतः बीवाईडी मुख्यालयसँग समन्वय गर्ने थियो । नयाँ आएका गाडीका प्राविधिक पक्ष, आगामी रणनीति, मार्केटिङ र भविष्यका योजनाबारे उनी प्रत्यक्ष रूपमा संलग्न हुन थाले । त्यतिबेलै एउटा अवसर आयो, जसले उनको करियरलाई मात्र होइन, नेपालमा इलेक्ट्रिक मोबिलिटीको दिशालाई पनि बदलिदियो ।

एसियाली विकास बैंकको सहयोगमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि इलेक्ट्रिक बस सेवा खरिद गर्ने टेन्डर खोलेको थियो । साहिल त्यस परियोजनामा प्रोजेक्ट लिडका रूपमा खटिए । 

एसियाली विकास बैंकको सहयोगमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि इलेक्ट्रिक बस सेवा खरिद गर्ने टेन्डर खोलेको थियो । साहिल त्यस परियोजनामा प्रोजेक्ट लिडका रूपमा खटिए । 

प्रि–बिड मिटिङदेखि बीवाईडीसँगको नेगोसिएसन, डकुमेन्टेसन, कन्ट्र्याक्ट साइनिङ र अन्तिम डेलिभरीसम्मको प्रक्रियामा उनी प्रत्यक्ष सहभागी भए । “त्यो हाम्रो पहिलो ठूलो प्रोजेक्ट थियो, यो परियोजना केवल बस आपूर्ति गर्ने काम थिएन, नेपालमा इलेक्ट्रिक सार्वजनिक यातायात सम्भव छ भन्ने प्रमाण पनि थियो”, उनले भने । 

त्यसपछि साइमेक्सले अर्को रणनीति बनायो, पहिले सरकारी र संस्थागत क्षेत्रमा विश्वास निर्माण गर्ने । त्यतिबेला निजी ग्राहकलाई इभी बेच्नुभन्दा सरकारी निकायलाई प्रविधिप्रति विश्वस्त बनाउनु आवश्यक थियो । 

राष्ट्रिय  योजना आयोगले पहिलो पटक बीवाईडीको गाडी खरिद गर्यो । त्यतिबेला वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आयोगका उपाध्यक्ष थिए । “उहाँ नै बीवाईडी नेपालका पहिलो ग्राहक हुनुहुन्थ्यो,” साहिल सम्झन्छन् । त्यसपछि नेपाल विद्युत् प्राधिकरणमा पहिलो कमर्सियल चार्जर स्थापना गरियो । राष्ट्रपति कार्यालय, परराष्ट्र मन्त्रालय, बागमती प्रदेश सरकार, तनहुँ हाइड्रोपावरलगायत विभिन्न सरकारी निकायमा बीवाईडीका गाडी पुग्न थाले ।

त्यतिबेला साहिल श्रेष्ठ केवल गाडी बेचिरहेका थिएनन्, उनी नेपाललाई इलेक्ट्रिक मोबिलिटीबारे शिक्षित गरिरहेका थिए । विद्युतीय सवारीका लागि जग निर्माण गरिरहेका थिए । “इलेक्ट्रिक भेहिकल एउटा प्रोडक्ट मात्र होइन, एउटा सोलुसन हो,” उनी भन्छन् । 

SAHIL 5.jpg.jpeg

नेपालमा इभीको इतिहास उनी १९७५ को ट्रलीबसदेखि सुरु भएको हो । सन् १९९० को दशकमा सफा टेम्पो, त्यसपछि रेवाका इलेक्ट्रिक गाडीहरू। तर उनका अनुसार २०१७ पछि सुरु भएको चरण भने आधुनिक इलेक्ट्रिक मोबिलिटीको वास्तविक सुरुवात थियो ।

बीवाईडीको पहिलो ‘ई–सिक्स’ नेपाल आउँदा धेरै मानिस अचम्मित भएका थिए । चार सय किलोमिटर रेन्ज दिने ठूलो इलेक्ट्रिक गाडी धेरैका लागि कल्पनाबाहिरको कुरा थियो । तर साइमेक्सले गाडी ल्याएर तुरुन्त बिक्री गरेन । “सन् २०१७ मा हामीले एउटा पनि गाडी बेचेनौँ,” साहिल भन्छन्, “हामी आफैँले चलायौँ, पूर्व–पश्चिम घुमायौँ । नेपालका सडकमा परीक्षण गर्यौँ । जब हामी आफैँ विश्वस्त भयौँ, त्यसपछि मात्रै बजारमा गयौँ ।”

सुरुवाती वर्षहरू निकै कठिन थिए । सन् २०१८ मा करिब १० वटा गाडी बिक्री भए । सन् २०१९ मा १२–१३ वटा पुगे । सन् २०२० मा कोभिडले बजार रोक्यो भने सन् २०२१ मा बिक्री संख्या ४५ पुग्यो । सन् २०२२ मा बल्ल १०० युनिट पार भयो । 

सुरुवाती वर्षहरू निकै कठिन थिए । सन् २०१८ मा करिब १० वटा गाडी बिक्री भए । सन् २०१९ मा १२–१३ वटा पुगे । सन् २०२० मा कोभिडले बजार रोक्यो भने सन् २०२१ मा बिक्री संख्या ४५ पुग्यो । सन् २०२२ मा बल्ल १०० युनिट पार भयो । 

“पहिलो १०० पुग्न चार वर्ष लाग्यो,” उनी सम्झन्छन्। तर त्यसपछि कथा बदलियो । सन् २०२३ मा बीवाईडीले एक हजार वटा गाडीको बिक्री पार ग¥यो । सन् २०२४ मा बिक्री तीन हजार नाघ्यो । आज नेपालका सडकमा १० हजारभन्दा बढी बीवाईडी गाडी गुडिरहेका छन् ।

साहिलका अनुसार, यो सफलताको आधार चारवटा कुरा थिए, अवेयरनेस, राम्रो प्रोडक्ट, बलियो टिम र इभीमैत्री नीति । “सन् २०१८ मा साहिलसँगै  इन्टर्नका रूपमा आएका तीन जना अहिले विभाग प्रमुख छन्,” उनी भन्छन् । उनी बारम्बार ‘टिम’ शब्दलाई महत्व दिन्छन् । उनका लागि बीवाईडीको सफलता केवल एउटा ब्रान्डको सफलता होइन, एउटा पुस्ताले बनाएको परिवर्तन हो ।

नेपालमा अहिले इभीप्रतिको भरोसा किन बीवाईडीतर्फ बढी देखिन्छ भन्ने प्रश्नमा उनी स्पष्ट छन् । “हामीले केवल गाडी बेचेनौँ, एउटा इकोसिस्टम बनायौँ,” उनी भन्छन् । आज नेपालमा १५ सयभन्दा बढी फास्ट चार्जर सञ्चालनमा छन् । उनका अनुसार, यो सार्वजनिक–निजी साझेदारीको सफल उदाहरण हो ।

 “काठमाडौंबाट पोखरा जाँदा हरेक ५० किलोमिटरभित्र चार्जर भेटिन्छ,” उनी भन्छन् । केही वर्षअघिसम्म ‘रेन्ज एन्जाइटी’ नेपालमा इभीको सबैभन्दा ठूलो चुनौती मानिन्थ्यो । अहिले त्यो धारणा विस्तारै बदलिँदै गएको उनी बताउँछन् ।

SAHIL  3.jpg.jpeg

सन् २०२२ मा साहिल श्रेष्ठ साइमेक्स इन्कका सीईओ बने । तर उनी आफूलाई अझै सिकिरहेको व्यक्ति मान्छन् । “म धेरै फ्रेस थिएँ, धेरै एग्रेसिभ थिएँ,” उनी सुरुवाती दिन सम्झिन्छन्, “मल्टिनेसनल कम्पनीसँग काम गर्दा नेपालका चुनौतीहरू बुझाउन गाह्रो हुन्थ्यो, म धेरै प्रेस गर्थेँ, धेरै इनर्जी थियो ।” अहिले उनी व्यवस्थापन, प्रणाली र दीर्घकालीन सोचमा बढी केन्द्रित छन् । तर एउटा कुरा भने बदलिएको छैन, आफूभित्रको ‘हंगर’ ।

“म सन्तुष्ट छु, तर पर्याप्त छैन”, उनी भन्छन् ।

उनी प्रविधिलाई अझ तीव्र रूपमा बदलिँदै गएको देख्छन् । आजको इभी टेक्नोलोजी पाँच–दस वर्षपछि पुरानो भइसक्ने उनको बुझाइ छ । त्यसैले अहिले उनको मुख्य ध्यान अफ्टर सेल्स सेवा र इकोसिस्टम निर्माणमा छ । “आज १० हजार ग्राहक छन्, ती १० हजार हाम्रा परिवार हुन्, नेपालमा गाडी एउटा सपना हो, त्यो सपनालाई कसरी सन्तुष्ट राख्ने भन्ने नै अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी हो”, उनले भने । 

उनका लागि इभी केवल व्यवसाय होइन, एउटा दीर्घकालीन परिवर्तनको हिस्सा हो । “बीवाईडीले मलाई एउटा कुरा सिकायो,” उनी भन्छन्, “इनोभेसन केवल गाडीमा होइन, सोचमा हुनुपर्छ ।”

(सुनौलो नेपालको वार्षिक विशेषांक–२०८३ बाट साभार)

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट