२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

एमालेले गर्यो लुम्बिनीका सांसद चौधरीलाई पार्टी सदस्यबाट निलम्बन

मंगलवार , मंसिर ११, २०८१

बाँके । नेकपा (एमाले)को बाँके जिल्ला कमिटीले लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिइसकेको छ । यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जवाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताए । तर चौधरीले सानो विषयलाई अनावश्यक बाहिर ल्याइएको बताएका छन् ।

सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेलको मानहानि गरेको आरोप लगाइएको छ । उनी पार्टीका पूर्व प्रदेश उपसचिव तथा अहिलेका सल्लाहकार समेत हुन् ।

n

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट