२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

‘नेपाल प्याक प्रिन्ट इन्टरनेशनल एक्स्पो’ काठमाडौंमा शुरु

शुक्रवार , पौष ५, २०८१

काठमाडौं । प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशनल एक्स्पो’काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारदेखि शुरु भएको छ ।

एक्सपोको उद्घाटन शुक्रवार एक समारोहकाबीच वागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनल गरका हुन् । तीन दिनसम्म चल्ने एक्सपोको आईतवार सकिने आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।

उनले प्रविधिको क्षेत्रमा काम गरिरहेका विदेशी कम्पनीहरुलाई नेपाल भित्र्याउने उद्देश्यले एक्सपोको आयोजना गरेको बताए । एक्सपोमा प्रविधिको क्षेत्रमा काम गर्दै आएका नेपालसहित, भारत र चीनका १०० भन्दा बढी कम्पनीहरुको सहभागिता रहेको बताए ।

उनले प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको यो सबैभन्दा ठूलो मेला रहेकोले लाभ उठाउन सबौ आग्रह समेत गरे ।

उनले भने, ‘हाम्रो यो तीन दिनको प्रदर्शनीमा कम्तिमा पनि १०० कम्पनीहरुको सहभागिता रहेको छ । मुख्यगरी प्रदर्शनमा प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागि रहेको छ । प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई नेपाल भित्र्याउनु यस एक्सपोको उद्देश्य रहेको छ । यसमा नेपालसहित भारत र चीनका प्राविधिक कपनीहरुको सहभागिता रहेको छ ।

साथै यस कार्यक्रममा हामीले नेपाल मुद्रण उद्योग महासंघलाई सहयोगि संस्थाको रुपमा लिएका छौं । यस तीन दिनको प्रदर्शनीमा हामीले यस क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने र नेपालबाहिर प्रयोग भएका प्रविधिहरुको प्रयोग गर्नेबारे जानकारी गराउने उद्देश्य रहेको छ । यो एक्सपो हाम्रो नेपालमै आयोजना भएको कारण नागरिकले यसको लाभ उठाउनुहुनेछ भन्ने अपेक्षा लिएका छौं ।’

त्यस्तै आजदेखि नै भृकुटीमण्डपमा चौथो नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हस्पिटल, सर्जिकल तथा मेडिकल अन्तर्राष्ट्रिय प्रदर्शनी समेत शुरु भएको छ ।

मिडिया स्पेस सोलुसन्स (एम.एस.एस), फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इ.टि.एस.आइ.पि.एल) को संयोजकत्वमा आइतवारसम्म चल्ने मेलामा औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित सेवाहरु लिन सकिने बताइएको छ ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी ८० भन्दा बढी नेपाली तथा विदेशी कम्पनीहरुको स्टल रहेको मिडिया स्पेस सोलुसन्स प्रालिका प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए । नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापार अवसरहरू बढाउनका लागि प्रदर्शनीले महत्वपूर्ण भुमिका निर्वाह उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट