२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

वर्तमान सरकारले मुलुक असफल हुनबाट जोगाएको छ : प्रवक्ता गुरुङ

शनिवार , पौष ६, २०८१

पोखरा । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्वा गुरुङले वर्तमान सरकारले मुलुकलाई असफल हुनबाट जोगाएको बताएका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका वडानम्बर-६ मा रहेको बराह माध्यामिक विद्यालयको ५७ औँ वार्षिकोत्सव एवं अभिभावक दिवसको उद्द्घाटन गर्दैँ प्रवक्ता गुरुङले नेपाली कांग्रेस र नेकपा एमाले नेतृत्वको सरकारले मुलुक असफल हुनबाट जोगाएको बताएका हुन् ।

‘मुलुक असफलता तर्फ जाने हो की, फेरी अर्को द्धन्द तर्फ जाने हो की ? भन्ने अवस्थाबाट वर्तमान सरकारले जोगाएको उनको दावी थियो । अराजकतावादी, उग्र दक्षिणपन्थी र विदेशी चहलखेललाई रोक्न सरकार सफल भएको छ,’ उनले भने ।

‘सरकारले धेरै काम गर्न नसके पनि अप्ठ्यारो अवस्थाबाट निकालेको बताउँदै गुरुङले सरकारले अहिले देश ठिक मार्गमा ल्याएको बताए । अब सरकारले देखिने गरी काम गर्छ’ उनले भने ।

विगतको सरकार प्रति नागरिकको अविश्वास पैदा भएकाले नै कांग्रेस एमाले नेतृत्वको सरकार बनेको उनको भनाई थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट