२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

छायानाथ रारा नगरपालिकाद्वारा सुनौलो नेपालकर्मी सहित ६ जना पत्रकारलाई सम्मान

शनिवार , पौष २७, २०८१

मुगु । मुगु जिल्लास्थित छायानाथ रारा नगरपालिकाले सुनौलो नेपालका पत्रकार सनत हमाल सहित ६ जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष तथा नयाँ पत्रिका मुगुका समाचारदाता अच्युत राज भण्डारी, हिमालय टेलिभिजन मुगु समाचारदाता नन्द बहादुर रोकाया, सरोकार टेलिभिजनका मुगु समाचारदाता कबिराज कार्की, गोरखापत्र दैनिक मुगु समाचारदाता हरिकृष्ण ऐडी, र नागरिक पत्रिका डट कम मुगु समाचारदाता सर्जन कुमार शाही रहेका छन् ।

शुक्रबारबाट शुरु भएको आफ्नो १६ औँ नगर (विधेयक) सभामा लामो समयदेखि मुगु जिल्लाको पत्रकारितामा योगदान दिएका क्रियाशिल ६ जना पत्रकारहरुलाई नगरपालिकाले सम्मान गरेको हो ।

सम्मानित ६ जना पत्रकारलाई नगरप्रमुख विष्णुकुमार भाम र नगर उपप्रमुख ऐश्वर्य मल्लले सम्मान पत्र प्रदान गरेका थिए ।

सम्मान कार्यक्रमपछि बोल्दै नगरप्रमुख भामले आफू जान्ने बुझ्ने भएदेखि मुगु जिल्लाका आवश्यता, जनगुनासा, विकास, स्वास्थ्य, जनजीवन, धार्मिक, सास्कृतिक, पर्यटन, खेलकुद, अपराध, शान्ति सुरक्षा, विभेद, भ्रष्टाचार, सुसासन, लगायतका क्षेत्रमा सम्मानित पत्रकारहरुले कलम चलाएका समाचार पढ्दै, सुन्दै र हेर्दै आएको बताए । पत्रकारहरु समाज र जन प्रतिनिधिका लागिका ऎनाका साथै मध्यस्तकर्ता भएको बताए ।

उनले भने, ‘लामो समयदेखि पत्रकारितामा लागेपनि स्थानीय सरकारहरुले कहिल्यै यसरी सम्झेका थिएनन् । हाम्रै समाचारका प्रभावले कति विकास भए ? कतिले न्याय पाए ? कतिले राहत, उपचार, सहयोग पाए, पर्यटकीय क्षेत्र, जिल्लाको प्रचार भयो, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्यो अनि राज्यसङ्ग मुगुका समस्या, माग समस्या पुग्यो र सुन्यो आज आएर नगरपालिकाले हाम्रो योगदानको कदर गर्दै सम्मान गरेकोमा धन्यवाद सम्मानले पत्रकारितामा अझै सत्य, तथ्य, निष्पक्ष र तथष्ट रहि समाचार लेख्न दवाव र हौसला मिलेको छ’ नेपाल पत्रकार महासंघ मुगुका अध्यक्ष अच्युत भण्डारीले भने ।

छायानाथ रारा नगरपालिकाको १६ औँ नगरसभाको उद्घाटन सत्र कर्णाली प्रदेश सरकारका पुर्व उधोग, पर्यटन तथा वन वातावरणमन्त्री तथा प्रदेश सदस्य जीत बहादुर मल्लको प्रमुख आथित्यता तथा विशिष्ठ अथिति पुर्व शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्ल र नगरप्रमुख विष्णु कुमार भामको सभाध्यक्षमा शुक्रवार सम्पन्न भएको थियो । शुक्रवार साझँबाट नयाँ र संशोधित विधेयकबारे दफावार छलफल शुरु हुने नगरप्रमुख भामले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट