२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

विश्वकप २०२६: इन्जुरी समयको अन्तिम मिनेटमा घानाको नाटकीय गोल, पानामा १–० ले स्तब्ध

बिहिवार , आषाढ ४, २०८३

काठमाडौं । दोस्रो हाफको इन्जुरी समयमा सम्हाल्न नसक्दा पानामा फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा घानासँग १–० गोल अन्तरले पराजित भएको छ । क्यानडाको टोरन्टो स्टेडियममा बिहीबार भएको समूह ‘एल’ अन्तर्गतको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा घानाले नाटकीय जित निकाल्दै सुखद सुरुवात गरेको हो ।

निर्धारित ९० मिनेटको खेलभरि दुवै टोलीले आक्रामक अवसरहरू सिर्जना गरे पनि फिनिसिङमा चुकेका थिए । खेल गोलरहित बराबरीतर्फ धकेलिइरहेका बेला अतिरिक्त समयको पाँचौँ मिनेटमा कालेब यिरेन्कीले निर्णायक गोल गर्दै घानालाई महत्वपूर्ण ३ अंक दिलाए। खेलको अन्तिम क्षणमा सम्हालीन नसक्दा पानामा स्तब्ध बन्न पुग्यो ।

यो जितसँगै घानाले समूह ‘एल’ मा स्पष्ट ३ अंक जोडेको छ। विश्वकपको कठिन समूह मानिएको एलमा इंग्ल्यान्ड र क्रोएसिया जस्ता फुटबलका पावरहाउस टोलीहरू रहेका कारण यो सुरुवाती जित घानाका लागि नकआउट चरण (राउन्ड अफ ३२) को यात्रा तय गर्न निकै महत्त्वपूर्ण साबित हुने देखिन्छ ।

यसअघि बुधबार भएको यही समूहको पहिलो खेलमा कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इंग्ल्यान्डले क्रोएसियामाथि ४–२ को शानदार जित दर्ता गरिसकेको छ । पहिलो चरणका खेलहरू सकिँदा गोल अन्तरका आधारमा इंग्ल्यान्ड शीर्ष स्थानमा छ भने घाना दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट