२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते (भिडियो)

शनिवार , फाल्गुण ३, २०८१

पोखरा । पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर पोखरा महानगरपालिका मेयर धनराज आचार्य घाइते भएका छन् ।

बेलुन पड्किएर आगोको लप्का लागेर मेयर आचार्यसँगै अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका छन् । भ्रमण वर्ष लेखिएको ब्यानर सहितको बेलुन उडाउने क्रममा पड्किएको हो ।

ब्यानर दुबै साइट बेलुन झुण्डाइएकाे थियाे । साेही क्रममा बेलुनमा आगो लाग्दा झिल्का उनीहरुलाई परेको थियो ।

पोखरा रंगशालामा भइरहेको कार्यक्रममा बेलुन उडाएर उद्घाटन गर्ने क्रममा उक्त दुर्घटना भएको हो । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । चोट सामान्य रहेको बताइएको छ ।

इलेक्ट्रिक स्विच थिचेर बेलुन उडाउने क्रममा फुटेर आगोको लप्का निस्किएको थियो ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट