२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कस्तो छ आजको राशिफल ?

शुक्रवार , फाल्गुण ३०, २०८१

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धिको उपयोगले अधिकार वा प्रतिष्ठा जोगाउन सफल भइएला। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साहसिक कार्य गर्ने समय रहेको छ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। आय आर्जनका नयाँ स्रोतहरू बन्नेछन्। तत्कालको फाइदा हेरेर परिस्थिति बिग्रिन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। उद्योग व्यापारमा लाभ मिल्नेछ। चुनौतीपूर्ण कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। सहयोगीहरूले सहयोग दिनेछन्। राजकीय वा प्रशासनिक क्षेत्रबाट सहयोग मिल्नेछ। भौतिक संसाधन जुटाउन सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। प्रशंसनीय कामले समाजमा लोकप्रियता बढ्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा पाइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यवहारमा परिवर्तन आउन सक्छ। रुचिको कार्यमा मन जानेछ। करियरलाई लिएर शुभचिन्तकहरूको सहयोग मिल्नेछ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी भइएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरपरिवार वा अनुयायीको साथले उत्साह जाग्नेछ। पशुपालन वा कृषिबाट राम्रो लाभ मिल्नेछ। माताको स्वास्थलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) रोकिएका कार्य सम्पादन हुनेछन्। शुभचिन्तकहरूबाट महत्वकांक्षी योजना पूरा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा दोहोर्याएर काम गर्दा फाइदा हुनेछ। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। नयाँ कार्य थालनीको लागि उपयुक्त समयको चयन गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। सामाजिक दायित्व निर्वहनमा सफलता मिल्नेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्मकर्ममा रुचि बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक भोजनको सेवन गर्नुहोस्। विवादास्पद विषयबाट टाढा रहनु राम्रो हुनेछ। घरपरिवारलाई पनि समय दिने प्रयास गर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुरानो लगानीबाट लाभ आर्जन गर्न सकिएला। नयाँ जागिरको खोजीमा सफलता मिल्नेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। कार्य क्षेत्रको जिम्मेवारीमा लापरवाही नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ