२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छः मन्त्री सिंह

शनिवार , बैशाख २७, २०८२

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

उनले वाग्मती, विष्णुमति, रुद्रमतिलगायत नदीनालालाई स्वच्छ बनाउन सर्वप्रथम तिनमा ढल मिसाउन नदिने आफ्नो प्रयास रहेको बताए ।

आज बानेश्वर हाइट खानेपानी उपभोक्ता समितिले आयोजना गरेको ‘डिप बोरिङ’ पानी शुद्धीकरण उद्घाटन गर्दै उजले ‘नदीनालामा ढल मिलाउन पाइँदैन’ भने ।

उपप्रधानमन्त्री सिंहले वाग्मतीलाई स्वच्छ बनाउन सहरी विकास मन्त्रालयले प्राविधिकसहित जनशक्ति परिचालन गरेको जानकारी दिँदै देशका विभिन्न भागमा सञ्चालित खानेपानी आयोजना समयमै पूरा गर्न नागरिक तहबाट पनि अनुगमन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट