२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

खेलबाट स्वस्थ्य जीवन, स्वच्छ समाजको प्रवर्द्धन हुन्छ : मन्त्री पौडेल

सोमवार , आषाढ २, २०८२

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले खेलबाट स्वस्थ्य जीवन र स्वच्छ समाज प्रवर्द्धन गर्नका लागि सहयोग पुग्ने बताएका छन् ।

काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको काठमाडौँ जिल्लाव्यापी बृहत् खेलकुद कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री पौडेलले व्यक्ति र समाज खुसी रहन स्वस्थ्य रहनुपर्ने र त्यसका लागि खेल आवश्यक पर्ने बताए ।

खेल र स्वास्थ्यको प्रसङ्ग जोड्दै उनले भने, “खेलले स्वस्थ्य जीवन प्रदान गर्छ । स्वस्थ्य जीवनमा मात्र खुसी प्राप्त गर्न सकिन्छ । मन र शरीरलाई कसरी स्वस्थ्य राख्ने औपचारिक शिक्षामा समावेश हुन अझै सकेको छैन ।”

विकेन्द्रीकृत कार्यक्रमबाट वडालाई सशक्त बनाउने र नागरिकका ढोकामै कार्यक्रम पुर्‍याउने महानगरपालिकाले नीति लिएको कामपाको उपप्रमुख उपप्रमुख डङ्गोलको भनाइ छ । उनले भनिन्, “वडाबाट नै जिल्ला स्तरीय प्रतियोगितात्मक कार्यक्रम आयोजना गर्नु यसको उदाहरण हो ।” वडासँगै केन्द्रबाट पनि खेलकुदका कार्यक्रम सञ्चालन भइरहेका उनले जानकारी दिइन् ।

उनले खेलकुदमा सबैलाई अवसर प्रदान गर्ने कार्यक्रम उल्लेख गर्दै भनिन्, “दृष्टिविहीनहरूका लागि फुटसल, ह्विलचेयर प्रयोगकर्ताहरूका बीचमा बास्केटबल प्रतियोगिता, पूर्ण अशक्त र अति अशक्तहरूका लागि बोसिया खेल सम्पन्न गरेका छौँ । हामी चाहन्छौँ, अवसर पाइन भनेर कसैले गुनासो गर्नु नपरोस् ।”

“यो सुरुआत मात्र हो । यसलाई थप बृहत् र परिष्कृत गर्दै लैजाने कामपाको तयारी छ,” कार्यक्रममा वडाध्यक्ष ख्यामराज तिवारीले भने, “हरेक वर्ष यसप्रकारको प्रतियोगिता सञ्चालन गर्ने योजना छ । प्रतियोगितामा फुटसल, टेवुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतिस्पर्धा हुनेछ ।”

खेल संयोजक प्रवेश श्रेष्ठ भन्छन्, “प्रतियोगिताका बारेमा जानकारी दिँदै भन्नुहुन्छ, “वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबललगायत खेलका लागि पूर्वाधार उपलब्ध भएकाले प्रतिस्पर्धा गराउन सजिलो भएको हो । सबै विधामा गरेर करिब रु एक हजार खेलाडीहरु प्रतिस्पर्धामा हुनुहुन्छ ।”

आइतबारदेखि सुरू भएको खेल यही असार ८ गतेसम्म सञ्चालन हुने कामपाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट