२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

बाढी आउन सक्ने भन्दै चिनियाँ प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह

बुधवार , आषाढ ४, २०८२

चौतारा । चिनियाँ प्रहरीले सिन्धुपाल्चोक प्रशासनलाई भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने भन्दै सुरक्षित रहन आग्रह गरेको छ ।

असार ७ गतेसम्म अत्यधिक वर्षा हुने र बाढी आउन सक्ने सम्भावना रहेको भन्दै चिनियाँ प्रहरीले सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिएको हो । भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने आकलन गरिएको छ । चिनियाँ प्रहरीले जानकारीपछि प्रशासन कार्यालयले त्यस क्षेत्रमा बस्ने स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए ।

उनका अनुसार भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी–सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने छ ।

“यही असार ३ गते देखि ७ गतेसम्म छिमेकी राष्ट्र चीनको भोटेकोशी नदी भई बग्ने तिब्बत् क्षेत्रमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेको भनी चीनको प्रहरी कार्यालयबाट सूचना प्राप्त भएको छ”, प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ “भोटेकोशी र सुनकोशी नदी आसपास (भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाको भोटेकोशी–सुनकोशी नदी आसपास) क्षेत्रमा जोखिम हुनसक्ने भएकोले नदी आसपास क्षेत्रमा बसोबास गर्ने महानुभावहरूमा सतर्कता अपनाउन अनुरोध छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट