सोमवार , आषाढ ९, २०८२
Shares
Shares
काठमाडौं । पोखरा आफैँमा सुन्दर, सफा र रमणीय पर्यटकीय नगरी । यही नगरी भित्र पर्यटकको रोजाईमा परेको रिसोर्ट हो माउन्ट कैलाश । पोखराको लेकसाईडमा अवस्थित उत्कृष्ट गन्तव्यको रुपमा रहेको माउन्ट कैलाशलाई प्रकृति र सौन्दर्यको संगम स्थलको रुपमा लिन सकिन्छ ।
माउन्ट कैलाश रिसोर्टको नाम सुन्नासाथ नै पर्यटक आकर्षित हुन्छन् किनभने यहाँबाट अन्नपूर्ण हिमालको अद्भुत दृश्यसँगै स्वादिला परिकारहरूको आनन्द लिन सकिन्छ।

पर्यटकलाई शतप्रतिशत सन्तुष्टि दिन सफल माउन्ट कैलाश चारतारे रिसोर्ट हो । सन् २००९ मा पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले स्थापना गरिएको यस रिसोर्ट स्वदेशी तथा विदेशी पाहुनालाई हिमाली आतिथ्यता प्रदान गर्दै उच्चस्तरी आवास, खानपान र आरामदायी सेवा उपलब्ध गराउँदै अएको छ । यहाँका कोठाहरु स्वच्छ र वातावरणअनुकूल छन् । पाहुनाहरुका लागि हिमाल देखिने बालकनी, गार्डेन भ्यू कोठा तथा सुइटहरु माउन्ट कैलाशमा उपलब्ध छन् ।
उत्कृष्ट सेवा, सुविधासहित आतिथ्यमा सधैँ तत्पर माउन्ट कैलाश
रिसोर्टका अपरेशन म्यानेजर विनोद पाण्डेका अनुसार यहाँ ७० जनाभन्दा बढी स्थायी तथा अस्थायी कर्मचारीहरुले रोजगारी पाएका छन्, जसमा स्थानीय जनशक्तिको उल्लेखनीय सहभागिता रहेको छ । उनी भन्छन्, ‘हामी स्वदेशी तथा विदेशी पाहुनाहरुलाई शतप्रतिशत सन्तुष्टि दिन सफल भएका छौँ । यहाँको सर्भिस र उपलब्ध भएका सुविधाहरुबारे उहाँहरुले खुलेर प्रशंसा गर्नुहुन्छ, जसले हामीलाई अझै राम्रो गर्ने हौसला प्रदान गर्छ ।’
[caption id="attachment_368453" align="alignnone" width="1195"]
विनोद पाण्डे, अपरेशन म्यानेजर, माउन्ट कैलाश रिसोर्ट, पोखरा[/caption]
माउन्ट कैलाश रिसोर्ट प्रालीको निजी स्वामित्वमा सञ्चालित यो रिसोर्ट झण्डै १२ रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको छ, जसलाई उत्कृष्ट व्यवस्थापनसहित अनुभवी होटल व्यवसायीक टिमले हाँकिरहेका छन् । पोखरा लेकसाइडको स्ट्रिट नं. ५ र ६ मा अवस्थित माउन्ट कैलाशमा हरियाली बगैँचा, स्विमिङ पुल, स्पा, रेष्टुरेन्ट, बार र मिटिङ हलहरुको सुविधा छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ मिनेटको सवारी दूरीमा रहेको माउन्ट कैलाशले डिलक्स, सुपर डिलक्स, फेमिलि रुम र सुईट गरी ८० वटा कोठाहरु अपरेशनमा ल्याएको छ । जहाँ हरेक कोठामा एसी, फ्ल्याट टिभी, मिनि बार, सेफ लकर, टि/कफी मेकर, फास्ट वाईफाई र बालकोनीको सुविधा लिन सकिन्छ । यहाँ वान नाईट स्टेका लागि न्यूनतम ६ हजार देखि २५ हजारसम्मका कोठाहरु उपलब्ध रहेको र यो रेट सिजन अनुसार परिवर्तन हुन सक्ने अपरेशन म्यानेजर पाण्डे बताउँछन् ।

एक रिसोर्टको सफलताको मूल आधार मध्ये खाना अत्यन्त महत्वपूर्ण पक्ष हो । नेपाली उखानमा पनि भन्ने गरिन्छ, ‘जस्तो अन्न, उस्तै मन’ अर्थात् स्वादिलो, शुद्ध, स्वस्थ र आकर्षक भोजनले पाहुनाको मन जितिन्छ । स्वादिष्ट खानाले पाहुनाको मन जित्न सफल रिसोर्ट मध्येकै एक हो माउन्ट कैलाश । यहाँ नेपाली, इण्डियन, कन्टिनेन्टल, थाई, मेक्सिकन र चाइनिज परिकारहरुका साथै रिसोर्टका सेफ टिमद्वारा तयार गरिएको विविध मेनुहरु पनि प्रदान गरिएको छ ।

रिसोर्टको सिग्नेचर डिसका रुपमा नेपाली थाइ सेट, थाई ग्रिन करी, चिकेन सिज्लर र कैलाश स्पेशल पिज्जा रहेका छन् । त्यति मात्र होइन, रिसोर्टले बालबच्चासहित आउने पाहुनाहरुलाई मध्यनजर गर्दै बालबालिकाहरुका लागि खुला र सुरक्षित खेल्ने बगैँचा निर्माण गरेको छ । बालबच्चाहरुको स्वाद र स्वास्थ्य अनुसारका खानाका परिकार पनि रिसोर्टले उपलब्ध गराउँदै आएको छ । रिसोर्टमा २४ सै घण्टा बार खुल्ला रहनेछ, जहाँ पाहुनाहरुले शान्त र आरामदायी वातावरणमा पेय पदार्थ, ककटेलहरुका साथ हल्का स्न्याक्सहरुको विकल्पसहित दिन र रातको कुनै पनि क्षणमा विश्राम लिन सक्नेछन् ।
[caption id="attachment_368451" align="alignnone" width="1102"]
नरेश भट्टराई, अध्यक्ष, माउन्ट कैलाश रिसोर्ट[/caption]
रिसोर्टहरु अब केवल आराम गर्ने थलो मात्र होइनन् कि कला सँस्कृति र पर्यटन प्रवर्द्धनको संवाहक पनि भएको बताउँछन् रिसोर्टका अध्यक्ष नरेश भट्टराई । उनका अनुसार सो सन्देश दिनका लागि सफल भएको छ माउन्ट कैलाश । यहाँ पाहुनाको मागमा साँस्कृतिक नृत्यको आयोजना गरिन्छ भने ट्रेकिङ, प्याराग्लाइडिङ, जिप लाइन, बन्जि जस्ता साहसिक खेलमा समेत रिसोर्टले सहकार्य गर्दै आएको छ । पाहुनाहरुको फरक फरक मागलाई यथाशक्य सम्बोधन गर्न तत्पर माउन्ट कैलाशले योग कक्षाहरु पनि सञ्चालन गर्ने गरेको छ । यहाँ पाहुनाहरुले स्पा र स्विमिङको मज्जा पनि लिन सक्नेछन् ।

माउन्ट कैलाश रिसोर्टमा तालिम, सम्मेलन तथा विजनेश कार्यक्रमहरुका लागि एक सय ५० जनाको क्षमता भएको कन्फरेन्स हल समेत उपलब्ध छ, जहाँ अत्याधुनिक अडियो भिजुअल उपकरणको प्रयोगले कार्यक्रमलाई थप आकर्षक बनाउन सकिन्छ । त्यस्तै, सुन्दर प्राकृतिक पृष्ठभूमिमा विवाह, स्वागत समारोह, पार्टी आदिका लागि पनि माउन्ट कैलाश रिसोर्ट उचित गन्तव्य बन्न सफल भएको छ ।
माउन्ट कैलाश रिसोर्टको छत, बाल्कनीबाट देखिने अन्नपूर्ण हिमालको भव्य दृश्य, फेवातालको साँझको दृश्य, खुल्ला आकाश र शितल हावाले पाहुनाहरुको बसाईलाई अविस्मरणीय बनाउँछ ।
तस्बिर : माउन्ट कैलाश रिसोर्ट
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस